बुटवलको अस्पताललाइन अगाडि गुडिरहेको ट्रकमा आगलागी

बुटवल, जेठ ८ गते । बुटवलको अस्पताललाइन अथवा भुड्कीचोक अगाडि गुडिरहेको ट्रकमा आगलागी भएको छ । मंगलबार सांझपख गुडिरहेको मालवाहक ट्रकमा एक्कासी आगलागी भएको हो । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार ना ६ ख ८३१५ नम्बरको ट्रकमा आगलागी भएको हो ।

नारायणगढदेखि बुटवलको नयाँ गाउँस्थित ढुवानी ग्रामका लागि सामान बोकेर आउँदै गरेको ट्रकमा उक्कासी आगलागी हुंदा ट्रकमा रहेको केही समान जलेर नष्ट भएको छ ।
ट्रकमा वायरिङका तथा मोटो खालको कालोतारका बण्डलहरु जलेर नष्ट भएका छन् ।

उक्त ट्रकमा औषधी तथा मिठाइ लगायत सामानहरु रहेको प्रहरीले बताएको छ । ट्रकमा आगोलागी भए लगत्तै प्रहरी र सडक यात्रीको सहयोगमा आगो नियन्त्रण गरिउका कारण ट्रकमा लोड गरिएका सबै समान जल्नबाट बचाईएको छ ।

केही तारकाम बण्डल, औषधी र मिठाईका प्याकेटहरु जले पनि ठूलो क्षति भएको छैन । कति क्षती भयो र के कारणले आगोलागी भयो भन्नेबारे अनुसन्धान गरिने प्रहरीले बताएको छ ।