देखिदैनन् ढिकी, झांता र पानीघट्ट

बुटवल, जेठ १० गते । परम्परागत रूपमा कुट पिसका लागि प्रयोग हुंदै आएका ढिकी, झाता हराउंदै गएका छन् । परापूर्व कालदेखि प्रयोग हुंदै आएका ढिकी, झाता नयां प्रविधिको विकाससंगै हराउंदै गएका हुन् ।

कुट पिसका लागि शहरदेखि गाउंघरमा प्रयोग हुंदै आएको घरेलु ढिकी, झांता नयां प्रविधिको विकाससंगै विस्थापित भएका हुन् । शहरदेखि गाउंसम्म मिलको प्रयोग हुन थालेपछि ढिकी, झातासंगै पानी घट्टहरु पनि विस्थापित भएका हुन् ।

केही वर्ष यतादेखि गाउंगाउंमा विद्युत विस्तार भएपछि विद्युतीय मिल चल्न थालेपछि ढिकी, झाताको प्रयोग हराउंदै गएको हो । गाउंघरमा ढिकी, झांताहरु देखिएपनि प्रयोग गर्न छाडिएको छ ।

‘घरायसी प्रयोजनका लागि पनि आधुनिक मिलमा नै कुट पिसको गर्ने प्रचलन छ । परम्परागत जीवनशैलीबारे नयाँ पुस्तालाई जानकारी गराउनका लागि ढिकी झांताहरु संरक्षण गरेर राख्नु पर्ने देखिन्छ ।

पुजा आजामा प्रयोग हुने पिठो पनि मिलमा नै पिसाउन थालिएको छ । आधुनिक मिलमा कुटपिस गर्दा छिटो, छरितो हुने र शारिरीक श्रमपनि कम हुने भएकाले ढिकी, झांतो प्रयोग गर्न छोडिएको छ ।