महत्वका साथ बुद्धजयन्ती मनाईदै

लुम्बिनी, जेठ १० गते । विभिन्न कार्यक्रम गरी आज २५ सय ६८ आंै बुद्धजयन्तीका साथै लुम्बिनी दिवस । मनाईदै छ । लुम्बिनी विकास कोषले रुपन्देही, नवलपरासी र कपिलवस्तुमा विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाईरहेको छ । आज लुम्बिनीमा विशेष कार्यक्रम गरिदै छ । अन्तर्राष्टिय सम्मेलन केन्द्रमा हुने विशेष समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बुद्धजयन्तीको अवसरमा लुम्बिनीस्थित मायांदेवी मन्दिर, सम्मेलनकेन्द्र लगायत लुम्बिनी वरपर झिलिमिली बनाईएको छ । मूल समारोहमा प्रधानमन्त्री प्रचण्डसंगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुसहित उच्चस्तरीय पदाधिकारी, कुुटनितिक नियोग, विदेशी पाहुनाहरुको सहभागिता रहने लुम्बिनी विकास कोषले बताएको छ ।

बुद्धजयन्तीको अवसरमा बुधबार सांझ भारतीय दुतावाससंगको साझेदारीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । त्यस्तै मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ गरिएको थियो ।
अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरुको सहभागितामा प्राथनासभा हुनुका साथै लुम्बिनीमा शोभायात्रा गरिएको छ ।