लुम्बिनीको विकासमा सरकार प्रतिवद्द – प्रधानमन्त्री प्रचण्ड

बुटवल, जेठ १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले लुम्बिनीलाई विश्वशान्ति र धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न चाहेको बताएका छन् । बिहबिार २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शन÷अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागि परेको बताए ।

नेपाल सरकारले सन् २००४ मा दोश्रो विश्व बौद्ध शिखर सम्मेलन आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्रीले तेस्रो शिखर सम्मेलन छिटै आयोजना गरिने व्यहोरासमेत जानकारी दिए ।

नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले मानिसले बुद्धत्व प्राप्ती गर्नका लागि घर संसार नै छोड्नु नपर्ने बताए । उनले अन्तराष्ट्रिय स्तरमा नेपालको विकासका लागि परराष्ट्र मन्त्रालयले पहल गर्ने प्रतिवद्दता जनाए ।

नेपालका लागि श्रीलंकाका राजदूत एयर चिफ मार्सल सुदर्शना पाथिरानाले बुद्ध दर्शन विश्व शान्तिको लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

नेपालका लागि थाईलैण्डका राजदूत सुवापोङ सीरीसनले बुद्ध पूर्णिमाको महत्वको बारेमा बताउंदै पवित्र स्थल लुम्बिनीको पावन जन्मभूमिमा आउनु शौभाग्य भएको बताए ।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तबले बुद्ध जन्मस्थल लुम्बिनी बौद्ध धर्मालम्बीहरुको लागि मात्र नभएर सारा मानव जातीको लागि भएको बताउए ।
बिमिस्टेकका महासचिव इन्द्रमणी पाण्डेले विश्वलाई बुद्ध दर्शनको आवश्यक्ता रहेको बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि यस लुम्बिनी क्षेत्र हुनु प्रदेशको लागी ठूलो गौरबको विषय भएकोे बताए ।
कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले वृहत्तर लुम्बिनीको गुरुयोजना सिघ्र सफल बनाउने बताउंदै अन्तराष्ट्रिय स्तरको लगानी सम्मेलन संचालन गर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख, प्रतिनिधि सभाका सदस्यहरु, राष्ट्रिय सभाका सदस्यहरु, विभिन्न देशका प्रतिनिधि, भिक्षु, भिक्षुणी लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।