गठबन्धन २०८४ को निर्वाचनसम्म टिक्छ – शंकर पोखरेल


पाल्पा, जेठ ११ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको शत्ता गठबनधन २०८४ को निर्वाचनसम्म जाने बताएका छन् । एमालेलाई चौतर्फी गरिएको घेरावन्दी तोड्न र मिशन ०८४ मा एकल बहुमत ल्याउने गरी गठबन्धन गरिएको र यो गठबनधन २०८४ सम्म टिक्ने दावी गरे ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका महासचिव पोखरेलले गठबन्धन टिकाउने हिसावले महत्वपूर्ण मन्त्रालयमा एमालेले अन्य पक्षलाई छोडेको बताए ।
नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सत्ता सहकार्य भएपनि विगतको अनुभव र अभ्यासलाई हेर्दा माओवादीसंग अहिले नै पार्टी एकीकरण गरेर जाने सम्भावना नभएको बताए ।

देश विकासका लागि दुरदर्शी नेतृत्व, बलियो राजनीतिक शक्ति र राजनीतिक स्थिरता आवश्यक रहेको अवस्थामा ठुला पार्टीका नेता तथा कार्यकर्ता जनता माझ आफ्ना नीनि, कार्यक्रम र योजना लिएर नजांदा अराजकताको भिडमा जनता जान बाध्य भएको उनको तर्क छ ।
राजनीतिक अस्थिरताको फाईदा उठाउंदै देशको मौलिक तथा सांस्कृतिक आधारमाथि बाह्य पक्षले निरन्तर प्रहार गरेर राष्ट्रियता कमजोर पार्ने खेल भएको बताउद्यै उनले भने –राष्ट्रियता कमजोर पार्ने शक्तिलाई चिर्न बलियो राजनीतिक शक्ति आवश्यक छ ।
कार्यक्रममा नेकपा एमालेका सचिव पद्मा अर्याल, एमाले पोलिटिव्युरो सदस्यहरु, ठाकुर गैरे, लिला गिरी, दलबहादुर राना, बैजनाथ चौधरी, एमाले लुम्विनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल लगायतले बोल्दै एमाले विना मुलकमा विकास तथा सम्बृद्धि आउन नसक्ने दावी गरेका छन् ।
अध्यक्ष पदमा वर्तमान सचिव रामजी पोखरेल र पूर्व सचिव ओमबहादुर अध्यक्षको आकांक्षी छन् ।