प्यूठान– रुपन्देही सम्पर्क मञ्चद्दारा गुरुसंग ज्ञानका कुरामा सत्संग

बुटवल, जेठ १२ गते । प्यूठान– रुपन्देही सम्पर्क मञ्चले शनिबार बुटवलमा गुरुसंग ज्ञानका कुरा विषयमा सत्संग कार्यक्रम गरेको छ । सम्पर्क मञ्चले समाजमा अराजकता बढेको र नैतिकता हराउंदै गएको महसुस गरेर गुरुसंग ज्ञानका कुरा विषमा कार्यक्रम आयोजना गरेर नैतिक शिक्षाबारे प्रशिक्षण दिएको हो ।

सिंगापुर क्याम्पमा कार्यरत पण्डित श्रीराम पोखरेलले धार्मिक, नैतिक शिक्षासंगै विज्ञानमा आधारित रहेर प्रशिक्षण दिनुभएको थियो । सबैको मुख्य नीति राजनीतिमा वितिष्णा आउंदा समाजमा अराजकता बढेको र मानिसमा नैतिकता हराउंदै गएकाले समाजका हरेक मानिसलाई नैतिकवान बन्न पण्डित पोखरेलले आग्रह गर्नुभयो ।


कसैप्रति अनावश्यक रिसराग, दोयष राख्न नहुने र एकले अर्कोलाई सम्मान गरी सामाजिक मैत्रीभाव कायम राखेर समाजलाई राम्रो बनाउनु पर्नेमा जोड दिनुभयो । आफ्नो देश, आफ्नो धर्म संस्कृति र संस्कार संरक्षण गरी सबैमा सकरात्मक सोंच हुनुपर्ने बताउनुभयो । मानिसमा सकरात्मक सोंच भन्दा नकरात्मक सोंच बढेमा समाजमा शान्ति, अमन चयन कायम हुन नसक्ने भएकाले हरेक चुनौतीको समाना गरेर सकरात्मक सोंचको विकास गर्नुपर्ने पण्डित श्रीराम पोखरेलले जोड दिनुभयो ।

कार्यक्रममा सम्पर्क मञ्चका प्रथम उपाध्यक्ष जेवि क्षेत्री, सल्लाहाकार तथा प्राध्यापक मुकुन्दराज पोखरेल, बुद्विमान थापा लगायतले बोल्दै समाजलाई अनुशासित बनाउन नैतिक शिक्षा पढाउनु पर्नेमा जोड दिनुभयो ।

प्यूठान– रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र सचिव प्रदीप जीसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।