कपिलवस्तुमा १० जनाको निः शुल्क उपचार

माधवभाट क्षेत्री
कपिलबस्तु, जेठ १२ गते । “फ्रीडम फाउन्डेसन कपिलबस्तुले कपिलबस्तु जिल्लाका १० जना दुव्र्यसनीको निः शुल्क उपचार गर्ने निर्णय गरेको छ। फ्रीडम फाउन्डेसन कपिलबस्तुको १५ औ कार्यसमिति बैठकले जिल्लाका १० जना दुव्र्यसनीको निःशुल्क रुपमा उपचार गर्ने निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष हेमन्त थापाको अध्यक्षतामा बाणगंगाको चार नम्बरस्थित संस्थाको सचिवालयमा बैठक बसी उक्त निर्णय गरेको हो । जिल्लामा पछिल्लो समय युवायुवतीहरु लागू औषध प्रयोगले कुलतमा दिनानु दिन फस्दै गैरहेको अवस्थालाई मध्येनजर गर्दै बिगत स्थापना कालदेखि नै यो सेवा प्रदायक संस्थाले उपचार तथा पुर्नस्थापनाको काम गर्दै आईरहेको छ।

यसै सन्दर्भमा सामाजिक कार्य अन्तर्गत बैठकले जिल्लाका दस वटा नगरपालिका,गाउ पालिकाबाट १÷१ जना गरी १० जना बिपन्न परिवारका दुव्र्यसनीहरुलाई सम्बन्धित वडा कार्यलाईको सिफारिसमा निः शुल्क उपचार गर्ने निर्णय गरिएको छ ।
साथै आगामी दिनमा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिने काम अन्तर्गत यो संख्या बढाईने बताईएको छ ।