कांग्रेस सडक आन्दोलनमा

काठमाडौं, जेठ १३ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ताको बलमिच्याइं र सहकारी ठगीविरुद्द विरोध प्रदर्शन गरेको छ । गृहमन्त्री रवीलामिछानेले सहकारी ठगी गरेको दावी गर्दै आएको कांग्रेसले संसदीय छानविन समितिको माग गरेको थियो । कांग्रेस माग अनुसार सरकारले छानविन समित गठन गर्न नमानेपछि कांगे्रस सडक आन्दोलनमा उत्रेको हो ।

आइतबार दिउसो कांसले काठमाडौँको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेको छ ।देशका विभिन्न सहकारीको बचत ठगी भएकाले बचतकर्तालाई न्याय दिलाउन भन्दै कांग्रेससले बिरोध प्रदर्शनका साथै बिरोध सभासमेत गरेको छ ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेकाले संसदीय छानबिन समिति गठनका लागि सदन र सडकबाट दबाब दिने निर्णय गरेको थियो । काठमाडौं कांगे्रसको आयोजना र ललितपुर तथा भक्तपुर जिल्लाको समन्वयमा प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरिएको कांगे्रस नेताहरुले बताएका छन् ।

कांगे्रसको बिरोध सभालाई महामन्त्री विश्वप्रकाश शर्मा र अन्य नेताहरूले सम्बोधन गरेका थिए । केन्द्रीय समितिको निर्णयबमोजिम सम्पन्न प्रदर्शनमा काठमाडांँ उपत्यकाका १५ ओटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिमूलक रूपमा नेताकार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको छ ।

सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांगे्रसले गृहमन्त्री तथा रास्वपाका अध्यक्ष लामिछानेले गृहमन्त्री भएपछि आफूमाथिको अनुसन्धान रोकेको, आफू विरुद्ध समाचार लेखेको प्रतिशोधमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षमै प्रहरी पठाएर धरपकड गरेको तथा संसमा सम्बोधन गर्ने क्रममा कांगे्रसका नेता र सांसदमाथि प्रमाणहीन लाञ्छना लगाइएको विषयलाई विरोध प्रदर्शनका क्रममा जोड दिएर उठाइएको बताएको छ ।

नेताकार्यकर्ताले सहकारी बचत अपचलन गर्नेलाई कारबाही हुनुपर्ने, मिडियामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर्नुपर्नेलगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।