पत्रकार महासंघको विभेदकारी निर्णयप्रति प्रगतिशील पत्रकार संघको आपत्ती

बुटवल, जेठ १४ गते । नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणको सवालमा आस्थाको आधारमा भेदभावकारी निर्णय गरेको भन्दै प्रगतिशील पत्रकार संघ नेपालले आपत्ती जनाएको छ । आस्थाको आधारमा महासंघले प्रगतिशील पधकारसहित अन्य संगठनका सदस्यतालाई सदस्यबाट हटाइ आफ्ना निकटका पत्रकारहरको सदस्यता कायम गरिएको तत्काउ उक्त भविभेदकारी निर्णय सच्चाउन प्रगतिशील पत्रकार संघले महासंघलाई आग्रह गरेको छ ।

प्रगतिशील पत्रकार संघका केन्द्रिय अध्यक्ष श्यामलाल पोखरेलले यही जेठ १४ गते विज्ञप्ती जारी विभेदकारी निर्णय नसच्चाए आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ ।
आस्थाको आधारमा प्रगतिशील पत्रकार संघसम्बद्ध क्रियाशील पत्रकारहरुको महासंघको सदस्यता खारेज गरिएको,नयां क्रियाशील पत्रकारलाई सदस्यता नदिइएको तथा सदस्यता स्थानान्तरणको सवालमा बेवास्ता गरिएको प्रगतिशीलले दाबी गरेको छ ।

शुद्धीकरण नामावलीका यी कमजोरी तत्कालै नसच्याए सङ्घर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको प्रेसवक्तव्यको पूर्णपाठ यस्तो छ  ।

 

“नेपाल पत्रकार महासंघले हालै जारी गरेको सदस्यता शुद्धीकरणपछिको नामावलीप्रति प्रगतिशील पत्रकार संघ, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । शुद्धीकरणपछि जारी गरिएको नामावलीमा हाम्रो संगठन सम्बद्ध क्रियाशील पत्रकारहरूको सदस्यता आस्थाकै आधारमा खारेज गरिएको छ । यस क्रममा उही प्रकृतिका अन्य पत्रकारको सदस्यता कायम राखिएको छ भने हाम्रो संगठन सम्बद्ध क्रियाशील पत्रकारको सदस्यता भने खारेज गरिएको छ ।

त्यस्तै, नयाँ क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्ने सवालमा पनि भेदभावपूर्ण रवैया अपनाइएको छ । उस्तै प्रकृतिका अन्य पत्रकारलाई सदस्यता प्रदान गरिएको छ भने हाम्रो संगठन सम्बद्ध क्रियाशील पत्रकारलाई महासङ्घको सदस्यता प्रदान गरिएको छैन । त्यसैगरी, महासंकोे सदस्यता स्थानान्तरणको सवाललाई पनि नामावलीमा सम्बोधन गरिएको छैन । स्थानान्तरणको सट्टा सदस्यता नै खारेज गर्ने तरिका अपनाइएको छ । सदस्यता नामावली जारी गर्दा अनाइएको यस्तो गलत तरिका बागलुङ, कपिलवस्तु, अर्घाखाँची, बाँके, दाङ, प्युठानलगायतका जिल्लामा देखा परेका छन् ।

हामी महासंकोे सदस्यता शुद्धीकरणको सवालमा अपनाइएको यस खालको भेदभावपूर्ण रवैयाको कडा शब्दमा विरोध गर्दछौँ । आस्थाकै आकारमा हटाइएका हाम्रो संगठनसम्बद्ध क्रियाशील पत्रकारको सदस्यता कायम गर्न, नयाँ क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्न र स्थानान्तरण गरिएका सदस्यको सदस्यता प्रस्तावित जिल्लामा तत्कालै कायम गर्न माग गर्दछौँ । यदि पत्रकार महासङ्घले यी मागलाई बेवास्ता गरेमा त्यसका विरुद्ध सङ्घर्षको कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने जानकारी गराउँछौँ । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार पत्रकार महासङ्घ आफै हुने पनि स्पष्ट गर्न चाहान्छौं ।

पत्रकार महासंघकोे सदस्यता शुद्धीकरणपछिको नामावली कति पूर्वाग्रहयुक्त र अवास्तविक छ भन्ने तथ्य यसबाट पनि थाहा हुन्छ, महासंघकै कैयौं जिल्ला शाखा र विभिन्न पत्रकार संगठनले त्यसप्रति असहमति जनाउँदै महासंघकोे निर्वाचन प्रक्रियामा सामेल नहुने घोषणा गरिसकेका छन् ।
हाम्रो संगठन सदस्यता शुद्धीकरणको नाममा अपनाइएको यस्तो भेदभावपूर्ण रवैयाका विरुद्ध आवाज उठाउने पत्रकार महासंघका जिल्ला शाखा र अन्य पत्रकार संगठनको आवाजप्रति ऐक्यबद्धता व्यक्त गर्दछ ।”