भारतको लुधियानाबाट पांच नेपाली सम्पर्कविहिन

 

खिमराज चालीसे,
भारत चन्डिगढ, जेठ १५ गते । भारतको पन्जाब राज्यको लुधियाना फोकलपाईन्टबाट सेरपुर लुधियाना सिटी जान भनि ८ मे २०२४ मा हिँडेका माईजु भान्जीसहित पाँचजना एकसाथ सम्पर्कविहिन भएका छन् ।

सम्पर्क विहिन हुनेहरूमा जिल्ला सुर्खेत विरेन्द्र नगर पालिका वडा नं. ११, पिपिरा निवासी रबिन्द्रबहादुर ओलीको श्रीमती वर्ष ३० को, उनका दुई बच्चाहरू समीर ओली वर्ष ५, मलिक ओली वर्ष ३, भान्जी दुर्गा रोकाय र उनका छोरा आरब रोकाय वर्ष ३ का रहेका छन् ।

उनीहरू पाँचैजनाको खोज तलासमा सहयोग गरिदिन मूल प्रवाह लुधियाना फोकलपाईन्टमा रबिन्द्रबहादुर ओलीले दिएको निवेदनका आधारमा खोज तलासमा तिव्रता दिएको अर्जुन कार्कीले बताएका छन्।
उनिहरू कहिँकतै देखिए वा भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय वा ७६९६३६५२८८ र ७७१९४६९६९१ मा फोन गरिदिन अनुरोधसमेत गरिएको छ ।