एमाले रुपन्देही अध्यक्षमा यज्ञ गैरे निर्वाचित

बुटवल, जेठ २५ गते । नेकपा एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे निर्वाचित भएका छन् । अध्यक्षका अन्य उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा गैरे निर्वििरोध निर्वाचित भएका हुन् । बुधवार सुरु भएको नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशनबाट नेतृत्वका लागि निवर्तमान अध्यक्ष तेजेन्द्र केसीसंगै उपसचिव चित्रबहादुर कार्की, हितराज पन्थी र खेमप्रसाद लुइँटेलले अध्यक्षमा आकांक्षा थिए ।

अन्तिम समयमा आएर केसीले आफ्नो उम्मेदवारी फिर्ता लिए, भने हितराज पन्थी उपाध्यक्ष र चित्रबहादुर कार्कीले सचिवको जिम्मेवारी लिदै गैरेलाई अध्यक्ष बनाउन सहमत भएपछि गैरेलेलाई अध्यक्ष बन्न सहज भएको हो । तर अर्का आकांक्षी लुईटेलले उम्मेदवारी फिर्ता नलिएपछी शुक्रबार दिउसो सम्म अधिवेसन लम्बिएको हो । अन्तिम समयमा लुईटेलले पनि उम्मेदवारी फिर्ता लिएपछि गैरेको नेतृत्वमा सर्वसम्मत जिल्ला कार्यसमिति निर्वाचित भएको हो ।
त्यसैगरी उपसचिवमा बावुराम पन्थी र सुनिता ठटेर निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बिहानैदेखि शुरु भएको बन्द सत्रमा ८५७ जना प्रतिनिधि र पर्यवेक्षक गरी १ हजारभन्दा बढी सहभागी थिए ।

अधिवेशनबाट बिभिन्न क्लष्टर र भुगोलमा बिभाजन गरी १३२ जना सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । एमालेको संशोधित विद्यानअनुसार अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिव २ ९खुल्ला र महिला० २ गरी ५ जना पदाधिकारी र १३२ जना सदस्य रहने ब्यवस्था छ ।

एमाले प्रचार विभागका अनुसार उक्त संख्या पार्टी सदस्य संख्याका आधारमा निर्धारण गरिएको हो । एमालेले बुटवल उपमहानगरपालिकाबाट खुल्ला र महिला सदस्य गरी २१ जना जनजाति र दलितबाट दुई दुई जना तथा युवाबाट ४ जना गरी २९ जना जिल्ला कमिटी सदस्यमा समावेश हुन पाएका छन् । त्यसै गरी तिलोत्तमा नगरपालिकाबाट खुल्ला र महिला गरी १३ जना, जनजाति र दलितबाट दुई दुई जना तथा युवाबाट ३ जना गरी २० जना जिल्ला कमिटीमा समेटिएका छन् । त्यसै गरी देवदह नगरपालिकाबाट खुल्ला र महिला गरी ८ जना सदस्य जनजाति र दलितबाट एक एक जना तथा युवाबाट २ जना गरी १२ जना, सैनामैना नगरपालिकाबाट खुल्ला र महिला गरी १० जना सदस्य जनजाति र दलितबाट एक एक जना तथा युवाबाट २ जना गरी जम्मा १४ जना समेटिएका छन् ।

सिद्धार्थनगर नगरपालिकाबाट खुल्ला र महिला गरी ७ जना, दलितबाट एक जना तथा युवाबाट २ जना गरी १० जना लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट खुल्ला र महिला गरी ५ र युवाबाट २ जना गरी ७ जना, ओमसतिया गाउंपालिकाबाट ५ जना सियारी गाउंपालिकाबाट जना शुद्धोधन गाउंपालिकाबाट ६ जना, रोहिणी गाउँपालिकाबाट ४ जना गैडहवा गाउँपालिकाबाट ६ जना, कन्चन गाउंपालिकाबाट ७ जना, मायांदेवीबाट ३ जना र कोटहीमाई, सम्मरीमाइ र मर्चवारी गाउँपालिकाबाट जम्मा एक एक जना पार्टी सदस्यहरू जिल्ला कमिटीमा प्रतिनिधित्व भएको छ । यसैगरी पेशागत महासंघबाट २ जना, मजदुरबाट २ जना अल्पसंख्यक मुस्लिमबाट २ जना, अपांगता भएकाहरूबाट १ जना, मधेसी र थारुबाट एक एक जना गरी प्रतिनिधित्व भएको छ ।

अधिवेशनले ७ सदस्यीय लेखा समिति चयन गरेको छ । अध्यक्षमा निर्वाचित यज्ञ गैरे विद्यार्थी राजनीतिबाट अगाडि आएका हुन् ।