व्यवसाय कर घटाउन रुपन्देहीका उधोगी व्यवसायीको माग

बुटवल, जेठ २६ गते । तिलोत्तमा उधोग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । साधारण सभा तथा चौथो अधिवेशन भएको हो ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले स्थानीय सरकार नीजि क्षेत्रसंग सहकार्य गरेर अघि बढ्ने बताए । उनले तिलोत्तमा लगानीको हिसावले उपयुक्त र सुरक्षित नगर भएकाले उद्योगी व्यवसायीका लागि लगानी योग्य वातावरण निर्माण गर्नेगरी काम गर्ने प्रतिवद्वता जनाए ।
नगर प्रमुख खांणले उद्योगी व्यवसायीसँगको सुझावका आधारमा राजश्व नीति तय गर्ने बताउंदै उद्योगी व्यवसायीलाई लगानी बढाउन आग्रह गरेका छन् ।

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले उद्योगी व्यवसायीलाई प्रोत्साहन हुने खालका कार्यक्रम ल्याउने बताउंदै उद्योगी वयवसायीको हितमा नगरपालिका अगाडि बढ्ने बताइन ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले सरकारका नीति नीजि क्षेत्रमैत्री बन्न नसक्दा समस्या भोग्नु परेको बताए । महंगो बैंक व्याज, घरभाडा र आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी विस्थापित हुन लागेको बताउंदै नीजि क्षेत्रका समस्या बुझ्न सरकारलाई आग्रह गरे ।

रुग्ण तथा क्रसर उद्योगका लागि निर्धारण गरिएको व्यवसाय कर बढी भएको बताउंदै कर घटाउन सरकारसंग माग गरे ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजूले कोभिडपछि थला परेको उद्योग व्यवसायलाई चलायमान बनाउन सरकारले संरक्षणको नीति अंगिकार गर्नुपर्ने बताए ।
संघीय सरकारले नीजि क्षेत्रका माग सम्बोधन नगरेसम्म मुलुकको अर्थतन्त्र बलियो नहुने र देशमा आर्थिक सम्वृद्वि पनि नहुने उनले बताए । उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले सरकार राजश्वमुखी मात्र भएकाले नीजि क्षेत्र कमजोर भएको बताए ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपाने, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख भूमिश्वर ढकाल, एमाले तिलोत्तमा नगर अध्यक्ष तामानाथ पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, वास सहकारीका अध्यक्ष खेम गौतम, तिलोत्तमा व्यापार संघका उपाध्यक्ष ताराप्रसाद नेपाल, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जिएम, संघका सल्लाहकार बालकृष्ण भुसाल, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डे, महासचिव राजकुमार पाण्डे लगायतले बोल्दै मुलुकको आर्थिक सम्वृद्विका लागि सरकारका नीति कार्यक्रम नीजि क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिए ।

साधारणसभामा अध्यक्ष र महासचिवको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ । संघका अध्यक्ष गुणनिधि भण्डारीको अध्यक्षता र महासचिव राजकुमार पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको हो ।