तिलोत्तमा उवासंघको अध्यक्षमा ज्ञानेन्द्र कार्की

बुटवल, जेठ २६ गते । तिलोत्तमा उधोग वाणिज्य संघको शनिबार सम्पन्न दशौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट ज्ञानेन्द्र कार्की अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षमा ज्ञानेन्द्र कार्कीसहित पदाधिकारी र सदस्यहरु सर्वसम्वत रुपमा निर्वाचित भएको पे्रस सल्लाहाकार खिमानन्द भट्टराईले जानकारी गराए ।

संघको वरिष्ठ उपाध्यक्षमा सुरज पंगेनी, उद्योग उपाध्यक्षमा सूर्यप्रसाद न्यौपाने र वाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद भण्डारी निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा रामकुमार पाण्डेय, कोषाध्यक्ष टिकाराम भण्डारी, सचिव वीना न्यौपाने, सहसचि कृष्णप्रसाद पाण्डेय र सहकोषाध्यक्षमा बसन्त रोका निर्वाचित भए ।

त्यस्तै सदस्यहरुमा राधिकादेवी शर्मा, शेरबहादुर थापा, छोटेलाल यादव, रोमनाथ गैरे, गंगाराम पाण्डेय, नरेशबहादुर क्षेत्री, अन्जना केसी, कमल भुसाल, अर्जुन पराजुली, शालिग्राम वोस्ती, अंकित भुसाल र गोविन्द रेग्मी निर्वाचित भएका हुन् ।