तीनाउ नदी तटबनधनको माग बुटवलका प्रदर्शन

बुटवल, जेठ २७ गते । तीनाउ नदी तटबनधनको माग गर्दै बुटवलका स्थानीले माग गरेका छन् । तीनाउ तटबन्धन गरी जोखिममा रहेका वस्तीहरु संरक्षण गर्न माग गर्दै आएका स्थानीयले माग पुरा नभएपछि शनिबार दवावमूलक र्याली निकालेका छन् ।

तीनाउ नदीले नदी आसपासको क्षेत्रका वस्तीहरु जोखिममा पर्दा पनि सरारकाले तटबन्धनको विषयमा कुनै ध्यान नदिएको भन्दै स्थानीयले दवावमूलक र्याली निकालेका हुन् । तीनाउ टोल विकास संस्थाको आयोजनामा तीनाउ नदीको तटबन्धन गरी जोखिममा परेका वस्तीहरुको उचित संरक्षण गर्न स्थानीयको माग छ ।

चुनावको बेला तीनाउ तटबन्धन भनेर भोट माग्ने र चुनाव जितेपछि नेताहरु कहिल्यै पनि फर्केर नआउने गरेको स्थानीय खेमराज कडेलले बताए । चुनावको बेला मायां गर्ने र समस्या परेको बेला वास्ता नगर्ने नेताहरुले आफुहरुलाई भोट बैंकको रुपमा प्रयोग गरेको उनले बताए । अब हामी कसैका भोट बैंक नबन्ने बताउंदै उनले भने – हाम्रो मतले जितेर ठूलो पदमा पुगेका नेताहरुले धोक्का दिए ।

तीनाउ नदीका कारण नदी आसपासमा रहेका १३ वटा वस्ती जोखिममा परेको तिनाउ टोल विकास संस्थाकी अध्यक्ष रुपा भण्डारीले बताइन । तिनाउ टोल विकास संस्थाकी अध्यक्ष रुपा भण्डारीका अनुसार बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा पर्ने बुद्वटोल, पशुपति टोल, कालिका पथ, मनकामना पथ, पवित्रानगर लगायतका वस्तीहरु तीनाउमा आउने बाढीबाट अति जोखिममा छन् ।

वर्षौ अघिदेखि तिनाउ नदी तटबन्धनका लागि बजेटको माग गर्दै सम्बन्धित निकायमा पटक– पटक जांदा पनि कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ । हाम्रा घर वस्तीहरु सुकुम्वासी जग्गामा नभएको र लालपूर्जा भएका वस्तीहरु जोखिममा परेको स्थानीयको भनाइ छ । तीनाउको तटबन्धनका लागि संघीय र प्रदेश सरकारलाई बजेट विनियोजन गर्न स्थानीयको माग छ ।

तिनाउ टोल विकास संस्थाको अगुवाईमा शुरु भएको दवावमूलक आन्दोलन तीनाउ तटबन्धनको ग्यारण्टी नहुंदासम्म नरोकीने बताईएको छ ।