ग्लोवल डेरीबाट वार्षिक २० करोडको छुर्पी विदेश निर्यात
श्यामलाल पोखरेल
बुटवल, जेठ ३० गते । कपिलवस्तुमा उत्पादन भएको छुर्पी विदेश निर्यात हुदै आएको छ । कपिलवस्तुको बुद्वभूमिको इमिलियामा सञ्चालित ग्लोवल डेरी प्रालिले केही वर्ष यतादेखि छुर्पी विदेश निर्यात गर्दै आएको छ । ग्लोवल डेरीले वार्षिक २० करोडको छुर्पी विदेश निर्यात गर्दै आएको छ ।
नेपालका ठूला, मझौला र साना डेरी उद्योगहरुलाई दुधजन्य पदार्थ विक्री गर्दै आएको ग्लोवल डेरीले दुधजन्य पदार्थका अन्य उत्पादनहरु पनि विदेश निर्यात गर्ने तयारीमा छ ।
भारत, अमेरिकालगायत विभिन्न देशमा छुर्पी निर्यात गर्ने गरिएको ग्लोवल डेरी प्रालिका अध्यक्ष थानेश्वर न्यौपानेले बताए । अध्यक्ष थानेश्वरका अनुसार दैनिक एक हजार किलो छुर्पी उत्पादन गरिन्छ ।
ग्लोवल डेरीले दुध, धुलो दुध, दही, मोही, चिज, पनिर बटर प्लेवर प्याकेजिङ गरी स्वदेशी बजारमा विक्री वितरण गर्दै आएको छ ।ग्लोवल डेरीले पांच विघा जग्गामा उद्योग सञ्चालन गरेको छ । ५ करोड पूंजी लगानी, १५ करोड ऋण र ७ करोड आन्तरिक पंूजी गरी २७ करोड लगानी गरिएको अध्यक्ष थानेश्वरले बताए ।
देशका विभन्न ठाउंमा ८१ वटा संकलन तथा चिस्यान केन्द्रहरु सञ्चालन गरेको ग्लोवल डेरीमा २० हजार किसान आवद्व छन् । प्रति घण्टा १० हजार लिटर दुध प्रशोधन स्वचालित उकरणहरु सञ्चालन हुने उक्त ग्लोवलमा डेरीमा २ सय जनाले रोजगार पाएका छन् । देशभर ९० शाखाहरुबाट आफ्नो कारोवार गर्दै आएको ग्लोवल डेरीले करिव ३ लाख किलो क्षमताका कोल्डस्टोरहरु रहेका छन्, भने करिब १ लाख लिटर दुध भण्डारण गर्ने गरिन्छ ।
२०७१ सालमा स्थापना गरिएको ग्लोवल डेरी प्रालिले अहिले ५ सय बढी डेरी व्यवसायीसंग दुधको कारोवार गर्दै आएको छ । कोल्ड स्टोरेज भ्यान सञ्चालन गरी नेपालभर दुग्धजन्य पदार्थ ढुवानी एवं विक्री गर्दै आएको ग्लोवल डेरीले कृषिजन्य उधोगको रुपमा कृषि फार्म सञ्चालन गरी दुग्धजन्य पदार्थहरुको उत्पादन गर्दै आएको छ ।
२ सय जना कर्मचारी कार्यरत रहेको ग्लोवलमा डेरीले प्रत्यक्ष ४ सय जनालाई रोजगार दिएको छ ।
पश्चिम नेपालको विशेष गरी लुम्बिनी प्रदेशको गरिमालाई देश तथा विदेशसम्म पुराउने लक्ष्यसहित गौरबको आयोजना सञ्चालनका लागि केन्द्र र प्रदेश सरकारबाट अनुदान तथा सहुलियत कर्जाको अपेक्षा गरिएको अध्यक्ष थानेश्वर न्यौपाने बताउछन् ।