एमाले विकासको नायक – विष्णुु पौडेल

 

बुटवल, जेठ ३२ गते । एमालेका उपाध्यक्ष बिष्णु पौडेलले एमाले विकासको नायक रहेको दावी गरेका छन् । उनले अव विकास र राजनीतिलाई संगसंगै अगाडी बढाउनु पर्नेमा जो दिए । एमाले रुपन्देहीको हालै सम्पन्न नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको पदस्थापन कार्यक्रममा बोल्दै एमाले विकासको पक्षमा रहेको बताए ।
पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पौडेलले सर्वसम्मत नेतृत्व चयनले पार्टीलाई उत्साहित बनाएको र बिरोधिलाई निराश बनाएको बताए ।

निर्वाचित कमिटीलाइ एक भएर लाग्न आग्रह गर्दै उनले भने – काम गर्दै जादा अन्तरबिरोध उत्पन्न भए छलफल गरेर समाधान गर्न सकिन्छ, तर एकले अर्काको आलोचना बिरोध गरेर समय खेर फाल्न हुदैन । उनले एकताको तागत अतुलनीय हुन्छ भन्ने कुरालाई व्यवहारिक बनाउन नयां निर्वाचित कमिटीलाई निर्देशन दिएका छन् । नेता पौडेलले च्यासलको नीति सिहदरबार, बुटवलको निर्णय देउखुरी र हरेक पालिकाको नीति स्थानीय सरकारमा लैजानेगरी निर्वाचन जितेर मात्रै जनताको अपेक्षा पूरागर्न सकिन्छ भने ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले पार्टीका हरेक कार्यकर्ता उत्पादनसंग जोडिदै राजनीतिमा क्रियाशिल हुनुपर्ने बताए ।
अर्का पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले पार्टीको नीति तथा सिद्धान्तलाई जनताको जीविकोपार्जनसँंग तारतम्य मिलाएर प्रभावकारी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल, नवनिर्वाचित अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसीलगायतले पार्टीको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव चित्रबहादुर कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

गत जेठ २३ र गते सम्पन्न अधिवेशनबाट यज्ञ गैरेको अध्यक्षतामा नयां नेतृत्व चयन भउको थियो ।