बुटवलमा बैंक पीडितको प्रदर्शन, माग पुरा नभए आन्दोलन चर्काउने चेतावनी

 बुटवल, असार ५ गते । बैंक तथा वित्तिय संस्थाहरुले ज्यादती गरेको भन्दै बुटवलमा बिरोध प्रदर्शन गरिएको छ । सम्झौता भन्दा बाहिर गएर बैंक तथा वित्तिय संस्थाहरुले मनोमानी व्याज बढाएर ऋणीहरुको उठीबास लगाएको भन्दै पीडितहरुले बुधबार बुटवल बिरोध प्रदर्शन गरेका हुन् ।

बैंक तथा वित्तिय संस्था पीडित समन्वय समिति रुपन्देहीको आयोजनामा पीडितहरुले बिरोध प्रदर्शन गर्नुका साथै सभा गरेका छन् । बुटवलको राजमार्ग चौराहाबाट विभिन्न नारा लेखेका प्लेकार्डसहित पीडितहरुले बिरोध र्याली निकालेका थिए ।


बैंक तथा वित्तिय संस्था पीडितहरुको माग पुरा गनुपर्ने, बैंक आतंक बन्द गर्नुपर्ने, ऋणीहरुको धितो लिलाम प्रकृया बन्द गर्नुपर्ने, कोरोना समयको व्याज राहत स्वरुप मिनाहा गर्नुपर्ने र एकल अंकको व्याजदर कायम गर्नुपर्ने बैंक तथा वित्तिय संस्था पीडितहरुको माग छ । त्यस्तै ऋणीहरुसंग समन्वय गरी पुनः समय थप गर्नुपर्ने पीडितहरुको माग रहेका छन् ।
अनावश्यक रुपले समान्तहरुले व्याजको नाममा लुटेको दाम ऋणीहरुको खातामा जम्मा हुनुपर्ने बैंक तथा वित्तिय संस्था पीडित समन्वय समिति लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए । सम्झौता अनुसारको व्याज तिर्न ऋणीहरु तयार भएको बताउंदै ऋण खाएको भरमै ऋणीहरुको सम्पती लिलाम गर्ने प्रकृयाको बन्द नभए आन्दोलन चर्काउने चेतावनी दिए ।

लुटेकोबिरोध र्यालीपछि ट्राफिकचोकमा आयोजित सभामा बोल्ने वक्ताले स्वरोजगार बन्न खोजेका आर्थिक नागरिक र साना ठूला उद्योगी व्यवसायीबाट सम्झौता गरेको भन्दा बढी व्याज नलिन आग्रह गरेका छन् ।कोरोना समयको व्याज मिनाहा गरी व्याज तिर्न नसकेका ऋणीहरको हकमा समय अबधी बढाएर लिलाम प्रकृया पूर्ण रुपमा बन्द गर्न सरकारसंग माग गरेका छन् ।

सडकबाट उठेको आन्दोलनका आवाजहरु सम्बोधन नभए उच्च् प्रकारको आन्दोलन चर्काउने र आन्दोलबाट हुने क्षतीको जिम्मेवार नेपाल सरकार र बैंक तथा वित्तिय संस्थाहरु हुनुपर्ने बताएकमा छन् ।उक्त सबिरोध सभामा बैंक तथा वित्तिय संस्था पीडित समन्वय समिति लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गाप्रसाद पोखरेल, विरेन्द्र सी, मानबहादुर रसाइली, किसनचन धौधरी, जितबहादुर घर्ती मगर, बसन्ती राजबर, अशोक कुमार गुप्ता, विशाल पौडेललगायतले बोल्दै ऋणीका माग सम्बोधन गर्न माग गरेका छन् ।