रोल्पाका कालुको भारतमा मृत्यु, हत्या भएको दावी

खिमराज चालिसे
चंडिगढ २० जुन २०२४
भारतको पंजाब राज्यको बल्टाना गाउंमा कालु ओली वर्ष ४३ को उनैका सहगोत्री भाईहरुद्धारा हत्या गरिएको परिवारको आरोप छ ।

रोल्पा जिल्लाको त्रिवेणी गाउंपालीका वार्ड नं ३ रातामाटा स्थाई घर भई हाल भारतको चंडिगढ मनिमाजरामा परिवार सहित बस्दै आईरहेका कालु ओली र उनको छोरा प्रेम ओली १७ जुन २०२४ को साझ गिरीराज ओली र पवन ओलीको घर बल्टानामा गएका थिए । बल्टानामा सानो घरेलु विवादलाई विकराल रुप दिएर घरेलु हात हतियारको प्रयोग गरि पवन र गिरीराजले दुबै बाबुछोरा माथी निर्घात प्रहार गरेको मृतकका छोरा पिडित प्रेम ओलीले बताएका छन् ।

उक्त प्रहारबाट बाच्न आफु पनि भाग्ने क्रममा गम्भीर घाईते भएको र बाबु कालु ओली भने बेहोस भएको बताउने प्रेम ओलीका अनुसार कालु ओलीलाई अस्पतालमा पुराएपछि उपचारको दौरानमा निधन भएको थियो ।

पंजाब प्रहरीले परिवारको दबाब पछि हिजो आरोपिहरु माथी हत्याको केस दर्तागरि फरार दुबैजना आरोपीहरुको तलास गरिरहेको छ। मृतकको शवको आज २० जुन २०२४ को पोष्टमार्टम पछि परिवारलाई हस्तान्तरण गरिएको छ। शव प्राप्त पछि परिवारले शवलाई नेपाल लिएर गएको समाजसेवी राजेश सोनीले बताएका छन् ।