आरक्षण र समानुपातिक प्रणाली बाधक – टुकाभद्र

बुटवल, असार ८ गते । एमाले निकट अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष एवं एमाले पोलिटव्यूरो सदस्य टुकाभद्र हमालले महिलाहरुका लागि आरक्षण र समानुपातिक प्रणाली महिला समानताका लागि बाधक बताउकी छन् । महिलाहरुको अबको आन्दोलन समानताका लागि हुनुपर्ने उनको भनाइ ।

हरेक क्षेत्रमा महिलाहरुको सहभागिता ३३ प्रतिशत पु¥याउनुपर्ने भनेर संविधानमा लेखिएको भएपनि अबको लडाई भने समानताका लागि हुनुपर्ने बताइन । अनेमसंघ रुपन्देहीको दशौं जिल्ला सम्मेलन शनिबार बुटवलमा उद्घाटन गर्दै महिला नेतृ महलिाहरुको लडाई समानताका लागि हो भनिन् । उनले हरेक आन्दोलनमा अग्रमोर्चामा रहने महिलाहरु प्रतिफल पाउने बेलामा भने सबैभन्दा पछाडी रहको गुनासो गरिन् ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य लिला गिरीले नेपालको राजनिति स्थिर नबन्दा अस्थिरताबाट फाईदा लिनेहरु रमाईरहेको बताए । भारतमा साढेसात दशकमा १८ जना प्रधानमन्त्री बन्दा नेपालमा भने ३५ वर्षमा ३० जना बढी प्रधानमन्त्री बनिसकेको बताउंदै यस्तो अस्थिरताले विकासको लक्ष्यमा पुग्न नसकिने बताए ।
एमाले पोलिटव्यूरो सदस्य दधिराम न्यौपाने र लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले आरक्षण र समानुपातिक प्रणालीतर्फ केन्द्रित नभई क्षमतावृद्धिको प्रतिष्पर्धातर्फ लाग्न आग्रह गरेका छन् ।

अनेमसंघ रुपन्देहीका अध्यक्ष मधुकला कुवंरको अध्यक्षता, उपाध्यक्ष सिता खनालको स्वागत तथा सचिव दुर्गा पाण्डेको संचालनमा सम्पन्न भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु सावित्रादेवी अर्याल, गोमादेवी आचार्य, अनेमसंघ केन्द्रीय सचिव बिना ज्ञवाली, एमाले लुम्बिनी प्रदेश उपसचिव लिला राना, एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसी लगायतले बोल्दै मुलुकको परिवर्तनमा महिलाहरुको भूमिका अहम रहेको बताए ।

उत्कृष्ट कार्य गर्ने बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र गैंडहवा गाउंपालिका शाखा कमिटी तथा निवर्तमान अध्यक्ष ममता पौडेललाई सम्मान गरिएको छ ।
सम्मेलनले आगामी कार्यकालका लागि नयां नेतृत्व चयन गर्ने छ ।