आन्दोलनको अर्को विकल्प छैन – चित्रबहादुर

   काठमाण्डौ, असार १५ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी पीडितको मुक्ति आन्दोलन भएको बताएका छन् ।

काठमाण्डौंको शान्तिवाटिकामा धर्र्ना बस्दै आएका सहकारी पीडितलाई भेटगरी सहकारी पीडितका समस्याहरु सरकारले सम्वोधन गर्न नचाहेको बताउंदै अध्यक्ष केसीले भने – आन्दोलन नै अहिलेको उपयुक्त विकल्प हो ।
सहकारी ठग्नेहरुनै सरकारमा सामेल भएको बताउंदै सहकारी पीडितलाई न्याय दिने दायित्व सरकारको हो भने ।

सदन भित्र सहकारी पीडितको पक्षमा आवाज उठाउंदै आएको बताउंदै निरन्तरको आन्दोलनले मात्र सहकारी ठग्नेहरुलाई झुकाउन सकिन्छ ।
अध्यक्ष चित्रबहादुर केसीले सहकारमा बस्नेहरुबाटै सहकारी ठगिनु लाजमर्दौ विषय भएको बताउंदै जनताप्रति सरकार जवाफदेही बन्न नसकेको बताए ।

सञ्चाालक तथा कर्मचारीको सम्पती जफत गरी बचत कर्ताको रकम फिर्ता गर्न सहकारी पीडितले माग गरेका छन् ।
दोषीलाई कडा भन्दा कडा कारवाही गरी बचत कर्ताको रकम फिर्ता नभएसम्म आन्दोलन नछा्ने र आन्दोलनलाई निरन्तर।ता दिने सहकारी पीडितहरुले बताएका छन् ।