नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव र महासचिव घनश्याम
बुटवल, असार १९ गते । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्षमा माधवकुमार नेपाल निर्वाचित भएका छन् । काठमाण्डौको प्राज्ञ भवनमा सम्पन्न १० औं महाधिवेशनले माधवकुमार नेपाल अध्यक्षमा सर्वसम्वत निर्वाचित भएका हुन् ।
त्यस्तै महाधिवेशनले महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाइ सर्वसम्वत निर्वाचित गरेको एकीकृत समाजवादी रुपन्देहीका नेता सिद्वचरण भट्टराइले नयांदिशालाई जानकारी गराए ।
महाधिवेशनले नेकपा एकीकृत समाजवादीको अन्य वदाधिकारी र सदस्यहरु गरी २९९ सदस्य सर्वसम्वत गर्नका लागि सचिवालयलाई जिम्मेवारी दिएको छ ।