बधाइका पात्रा बने प्यूठान मल्लरानीका स्वास्थ्यकर्मी

बुटवल, असार २४ गते । स्टेचरमा स्वास्थ्यकर्मीले सुत्केरी बोकेर सडकमा हिडेको तस्वीर सामाजिक सञ्जालमा भाइरल नै भएको छ । प्यूठान मल्लरानी गाउंपालिका गाउंपालिका–३, धरमपानीमा रहेको स्वास्थ्य चौकी स्वास्थ्यकर्मीहरुले सोही सुत्केरीलाई घरमा पुराउनका लागि स्टेचरमा राखेर हिडेको तस्वीरले अहिले जताततै ति स्वास्थ्यकर्मीलाई बधाइको आइरो नै लागेको छ ।

प्युठानको ऐरावती गाउंपालिका–६, काल्नेकी ३० वर्षीया जीवा विक शनिबार सुत्केरी भएपछि सुत्केरी महिलाका आफन्त कोही नभएपछि स्वास्थ्यकर्मीहरुले स्टेचरमा बोकेर घरसम्म पुुराएका थिए । पानी परिरहेको र सुत्केरीलाई घरमा जानै पर्ने अवस्था आएपछि सुत्केरीलाई बोकरे उनको घरमा लैजाने कोही पनि नभएपछि सोही स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुले स्टेचरमा बोकेर घरमा पुराएका हुन् । स्वास्थ्यकर्मीहरुको उक्त सहयोगी काम अहिले संसारभर भएको छ । संसारभरबाट उनीहरुलाई बधाइ दिनेको संख्याको आकार बढ्दै गएको छ ।

माइती घरबाट उनी ३ वर्षको छोरो र आमासहित करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउंपालिका–३, धरमपानीमा रहेको स्वास्थ्य चौकीमा पुगेकी थिइन् जीवा विक ।
पुगिन् । उनी स्वास्थ्यचौकी पुग्दा रातको ८ बजिसकेको थियो । शनिबार राती नै करिब १० बजेतिर सामान्य अवस्थामा छोरीलाई जन्म दिएकी जीवालाई सुत्केरी भएको २४ घण्टासम्म सोही स्वास्थ्य चाचेकीमा आरमम गराईएको थियो ।

जीवालाई बोकेर घरसम्म पुराउने मान्छे कोही नभएपछि हामीहरु आफै स्टेचरमा बोकेर घरमा पुराएको बताए जनस्वास्थ्य निरीक्षक टुकाराम पोखरेल । जनस्वास्थ्य निरीक्षक पोखरेलसहित, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जीवालाई पालैपालो बोकेर घरसम्म पुराएका थिए ।

जिवा विक मल्लरानी–२ को स्याला भन्ने ठाउंबाट हालैमात्र बसाइ सरेर प्यूठानकै ऐरावती गाउंपालिकामा गएकी थिइन् । उनका श्रीमान् रोजगारीका लागि भारतमा छन् । घरमा श्रीमान नभएका कारण उनी माइतमा बस्दै आउको स्थानीयले बताए । उनी माइतमा भएको अवस्थामा सुत्केरी व्यथाले च्यापेपछि स्वास्थ्यकर्मीलाई खबर गरेर रातीको समयमा स्वास्थ्यचौकी पुगेकी थिइन् ।