अर्घाखाँचीका खनाल दम्पती भारतबाट सम्पर्कविहिन

माधव खनाल
अर्घाखाँची, असार २७ गते । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका एक दम्पती भारतको गुडगाउँ माबस भन्नेठाउबाट सम्पर्कबिहिन भएका छन् । भुमिकास्थान नगरपालिका वडा नम्बर न ३ धारापानी शिख्रका बिनिराम खनालका छोराबुहारी कृष्ण खनाल र तारा खनाल सम्पर्कबिहिन भएको खनाल परिबारले बताएको छ ।
कृष्ण दुइ महिना देखि सम्पर्क बिहिन छन् ।

कृष्णकी श्रीमती तारा खनाल एक महिनादेखि सम्पर्कविहिन भएको ताराका भाइ साजन खनालले जानकारी गराएका छन् । कृष्ण र ताराको सात वर्षको छोरा मानव खनालले ऐले भुमिकास्थान नगरपालिका वार्ड न १ साम्नेगाउँको बाल शिक्षा माध्यमिक बिधालयमा कक्षा १ मा मावली घरमा बसेर पढ्दैछन् ।

ताराकी आमा फनकला खनालले रुदै भनिन – दिनमा त यताउता गरेर भएपनी दिन बिताउछु तर जब साझ पर्छ तब नाती बिधालयबाट घरमा आएपछि आमा मम्मीसंग कुराकानी भए हेला आज भन्दा मन भक्कानिन्छ । नातिलाई झुट बोल्दै आँसु लुकाउदै गरेको दुखेसे पोखिन ताराकी आमा पनकालाले । नातीले मसंग पनि पनि कुरा गराइ दिनुस भन्दा काममा बिजी छे मम्मी भोली कुरा गराइ दिउला भन्दै दिन बिताउंने गरेकी छन् थताराकी आमा पनकलाले ।

कृष्णका बुवा बिनिराम खनालले भने दुई भाइ छोराहरु र एक छोरी छन् छोरा कृष्ण दुई महिनादेखि सम्पर्कबिहिन हुँदा आफू र आफ्नो श्रीमतीलाई सम्हाल्न मुस्किल भएको गुनासो गरे । खनाल परिवारले जहां जेजस्तो अवस्थामा भएपनि घरपरिवारलाई जानकारी गराएर घरमा आउन छोरा बुहारीलाई आग्रह गरेका छन् ।