सुत्केरी बोकेर घर पुराउने प्यूठान मल्लरानीका स्वास्थ्यकर्मीलाइ सम्मान

प्यूठान, असार २८ गते । प्युठानको मल्लरानी धरमपानी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । मल्लरानी ३ धरमपानीमा रहेको स्वास्थ्य चौकीमा सुत्केरी भएकी महिलालाई स्वास्थ्यकर्मीले स्टेचरमा बोकरे घर पुराएका थिए । सुत्केरी महिलालाई स्टेचरमा बोकेर घरमा पुराउने तिनै स्वास्थ्यकर्मीलाई मल्लरानी गाउंपालिकाले सम्मान गरेको हो ।

मल्लरानी गाउंपलिका अध्यक्ष कृष्णबहादुर खड्का र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद अर्यालले कदर पत्रले सम्मान गरेका हुन् । स्वास्थ्य सास्थामा कार्यारत ५ जना कर्मचारीले सुत्केरी महिलालाई सहयोग गरी असल काम गरेका थिए ।

मल्लरानी गाउंपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काले मानवीयतासंग जोडिएको एक असल काम गरेका स्वास्थ्यकर्मीको मनोवल थप उचो बनाउन कामको उच्च सम्मानका साथ सम्मान गरिएको बताए । असल कर्मचारीले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएका यस्ता स्वास्थ्यकर्मीलाई जती सम्मान गरेपनि कमहुने बताउंदै समाजमा अझै उदाहरणीय काम गर्न गाउंपालिकाका अध्यक्ष खड्काले आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद अर्यालले कर्मचारीले गरेको मानवीय कार्यको प्रसंशा गर्दै यस किसिमका कार्यले समाजमा सकारात्मक सन्देश जाने र अरुलाई समेत उत्प्रेरित बनाउने बताए ।

लगातार परेको झरी पनि असार २२ गते राती ८ बजे हिडेर अस्पताल पुगेकी जीवा विकले स्वास्थ्यकर्मीको सहयोगमा २३ गते छोरीलाई जन्म दिएकी थिइन । सुत्केरी आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य भएपछि स्वास्थ्यकर्मीले घरजान सल्लाह दिएका थिए ।

स्वास्थ्यकर्मीले घरजान सल्लाहा दिएपनि सुत्केरी जीवा एक्लै घरजाने अवस्था थिएन । उनीसंग सवारी साधन पनि थिएन भने, उनलाई बोकेर घरसम्म लैजाने कोही नभएपछि स्वास्थ्यकर्मीले स्टेचरमा बोकेर सुत्केरी जीवा विकलाई घरमा पुराएका थिए । जीवालाई घरसम्म पुराउने कोही नभएपछि जीबालाई स्वास्थ्य चौकी प्रमुख, अहेव, अनमी, ल्याव असिस्टेन्ट र कार्यालय सहयोगी मिलेर २ किमिको दुरीमा रहेको जीवाको घरसम्म पुराएका थिए ।

एक सुत्केरीलाई स्टेचरमा बोकेर घरसम्म पुराएका स्वास्थ्यकर्मीलाई हजारौ हजार सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रसंसा गरेका छन् ।