झिमरुकमा महिला संगठित


प्यूठान, साउन १५ गते । प्युठानको झिमरुक गाउँपालिका–५ मच्छीमा अखिल नेपाल महिला सङ्घको भेला सम्पन्न भएको छ । महिला सङ्घकी केन्दूीय सदस्य तारा जिसीको प्रमुख आतिथ्यमा २०८१ साउन १४ गते सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा महिला संघ झिमरुककी अध्यक्ष शकुन्तला जीसी र राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष टीकाबहादुर जीसीको आतिथ्य रहेको थियो । सो अवसरमा बोल्दै कार्यक्रमका अतिथिहरूले सङ्गठनको आवश्यकता र व्यवस्थापन कसरी गर्ने सम्बन्धमा विचार राखेका थिए । अधिकार र समाज रुपानत्रणका लागि महिलाहरु राजनीतिक रुपमा संगठित हुनुपर्ने बताए ।

भेलाबाट बिना विक अध्यक्ष रहेका महिला संघकोा वडा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा शारदा जीसी, सचिवमा रिता विक, सहसचिवमा प्रमिशा जीसी र कोषाध्यक्षमा वसन्ता खड्का रहकी छन् । त्यस्तै, सदस्यहरूमा कमला जीसी, विस्ना बस्नेत, मुना जीसी, राममाया जीसी, तारा परियार, शारदा जीसी र ज्ञानु केसी रहेका छन् ।

शकुन्तला जीसी, कविता जीसी, वसन्ता जीसी र पवित्रा जीसीलाई समितिको सल्लाहाकारमा चयन गरिएको छ । कविता जीसीको अध्यक्षतामा, प्रमिसा जीसीको सञ्चालन र वसन्ता जीसीको स्वातमा भेला सम्पन्न भएको हो ।