बुटवलमा गुणस्तरहिन दुध बिक्री


बुटवल, साउन २१ गते । सबै उमेर समूहका मानिसलाई आवश्यक पर्ने पौष्ट्रिक तत्व दुध । तर व्यवसायीले आफ्नो स्वार्थ पुरा गर्न खोज्दा दुधमा बढी पानी मिसाएर बेच्ने गरेको तथ्य बुटवलमा भेटिएको छ । दुध बेच्नेहरुले पानी फोहोर र दुषित खालको मिसाएको सहजै अनुमान गर्न सकिन्छ ।

दुधमा ब्यवसायीले अत्याधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको पाईएको छ । सरकारले तोकेको गुणस्तर मापदण्ड भन्दा बिपरीत बुटवलको बजारमा दुध बिक्रि हुने गरेको खुलाशा भएको छ ।
सरकारले भैंसीको दुधमा न्यूनतम फ्याट ५ प्रतिशत, एसएनएफ ८, गाईको दुधमा ३।५ प्रतिशत फ्याट एसएनएफ ७ र मिक्स दुधमा ३.५ प्रतिशत फ्याट एसएनएफको मात्रा ८ तोकेको छ । तर बुटवल बजारमा १.८ प्रतिशत फ्याट भएको दुध विक्रि वितरण गरिएको फेला परेको छ ।
बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चले अनुगमन गर्दा अत्याधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर दूध बेच्ने गरेको पुष्टि भएको छ ।
अनुगमन टोलीले बुटवलमा दुध सप्लार्यस गर्ने उद्योग, दूध वितरण गर्नेे सहकारी र डेरीका १० वटा नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा परीक्षण गरेको थियो । १० वटै नमुनाको प्रयोगशालामा परिक्षण गर्दा नतिजा फेल आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरिक्षक दीपक कुमारयादबले जानकारी गराएका छन् ।

दूधबाट फ्याटको मात्र झिकिएको वा पानि मिसाएर बेच्ने गरेको पाईएको उनले जानकारी दिए। दूधको गुणस्तरमा कमी आएको गुनाशो आउन थालेपछि बुटवल उपमहानगरपालिकाले पछिल्लो समय डेरीको अनुगमनलाई तिव्रता दिएको छ ।
मापदण्ड भन्दा बिपरीत दुध बिक्रीवितरण गर्नेलाई तत्काल कारबाही गर्ने उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन । उपप्रमुख अर्यालका अनुसार मापदण्ड भन्दा बिपरीत दूध बेच्नेलाई १० हजारसम्म जरिवाना लिन सक्ने उपमहानगरपालिकाले ब्यवस्था गरेको छ ।






















