सहकारीको विषयमा रवि लामिछानेसहित २६ जनासँग सोधपुछ गरिने

बुटवल, साउन २२ गते । सहकारी दुरुपयोगको आरोप खेप्दै आएका रास्वपाका अध्यक्ष तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानबिन विशेष समितिले सोधपुछ गर्ने भएको छ । संसदीय छानबिन विशेष समितिले सोधपुछ गर्ने रविसहित २६ जनालाई सोधपुछ गर्ने भएको हो ।

सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका गरी २६ जनासँग सोधपुछ गर्न लागिएको संसदीय छानविस समितिका सभापति सूर्य थापाले जानकारी गराएका छन् ।
सभापति थापाका अनुसार समितिले वास्तविक तथ्य पत्ता लगाउनका लागि सोधपुछ गर्न लागेको हो । प्रहरी अनुसन्धान जसरी नभई तथ्य पहिल्याउने हिसावले समितिले सोधपुछ गर्ने सभापति थापाले बताए ।

सोधपुछका लागि बोलाउने अन्य व्यक्तिका विषयमा समिति सभापति थापाले केही बताएका छैनन् । पूर्वगृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछाने, शिवशिखर सहकारी अध्यक्ष केदारनाथ शर्मा, कान्तिपुर सहकारी पूर्वअध्यक्ष तथा पशुपति सहकारी अध्यक्ष सिबी लामा लगायतलाई समितिले सोधपुछ बताईएको छ ।

सोधपुछको सूचीमा लालीगुराँस सहकारीका सुरेन्द्र भण्डारी, गोरखा सेभिङका पूर्वअध्यक्ष डिबी बम्जन, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, बराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा, क्यापिटल सहकारीका अध्यक्ष रामचन्द्र शर्मा, सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ, जीबी राई समूहका कुमार रम्तेललगायत छन् ।