आम्दाको निर्णय खारेज गर्न समाजवादी मोर्चाको माग


बुटवल, साउन २६ गते । समाजवादी मोर्चा नेपाल बुटवलले नेपाल सिद्दार्थ महिला तथा बाल अस्पताल व्यवस्थापन समितिको निर्णयको बिरोध गरेको छ ।
बुटवलको आम्दा अस्पताल व्यवस्थापन समितिको यही साउन १६ गते बसको बैठकले आम्दा अस्पतालको भवन बुटवलका पूर्व नगर प्रमुख तथा कांगे्रसका नेता स्व. शूर्यप्रसाद प्रधानको नाममा नामाकरण गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय एकलौटी रुपमा गरिएको र यो निर्णय गलत भएको भन्दै अविलम्ब खारेज गर्न समाजवादी मोर्चा नेपाल बुटवलले माग गरेको छ ।
समाजवादी मोर्चा नेपालका बुटवलका स्थानीय नेताहरु महेन्द्र भुसाल, चिनबहादुर गुरुगं र विज्ञान सी ले विज्ञप्ती प्रकाशित गरी उक्त गलत निर्णय अविलम्ब खारेज गर्न माग गरेका छन् ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख तथा अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष खेलराज पाण्डेयले एकलौटी निर्णय गरेको दावी गर्दै समाजवादी मोर्चा नेपाल बुटवलले आपत्ती जनाएको छ ।























