सांढेको आक्रमणका कारण बुटवलमा महिलाको मृत्यु

बुटवल, साउन २६ गते । रुपन्देहीको बुटवलमा सडमा छोडिएका छाडा सांढेले हान्दा एक महिलाको मृत्यु भएको छ । सांढेले हानेर गम्भीर घाइते भएकी थिइन् । गुल्मीकी ४५ वर्षिय सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी बताएको छ ।

गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता बुटवलको गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल सञ्चालन गरेकी थिइन ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितका अनुसार साउन २० गते डेरी पसलमा दूध लिन जानेक्रममा सीता सडकमा जुधिरहेका छाडा सांढेको आक्रमणमा परेकी थिइन् ।

दुई वटा सांढे जुध्दै गरेका बेला दूध लिन हिंडेकी सीतालाई सांढेको हानेका थिए । घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
बुटवल उपमहानगरले बुटवलकै शिवनगर सामुदायिक वनभित्र गौशाला बनाई छाडा चौपाया राख्ने गरेपनि पूर्णरुपमा नियन्त्रण नहुंदा सडकमा सवारी साधन दुर्घटनाको बुटवलमा जोखिम कायमै छ ।
बुटवल उपमहानगरपालिकाले सडकमा रहेका छाडा चौपायांहरुको उचित व्यवस्थापन गर्ने भनेर अभियान चलाएपनि सडकबाट छाडा चौपाया हटेका छैनन् ।