गन्धर्वको पुख्यौली पेशा संकटमा

बुटवल, भदौ १ गते । केही वर्ष अघिसम्म सारङ्गी रेड्दै घरघरमा पुग्ने गन्र्धवहरुको निकै महत्व थियो । गन्धर्वहरुले गाउंघरदेखि देश विदेशमा घटेका घटनाहरु गीतको माध्यमबाट सबैलाई सुनाउथे ।
उनीहरुले सञ्चारकोसमेत काम गरेका थिए । मनोरञ्जनसंगै देश विदेका घटनाहरु सारङ्गी रेड्दै मिठो स्वरमा गाउंथे । उनीहरु केही समय आउन ढिला गरेभने गाउंघरमा आजभोली गाइने दाईहरु कता गएछन्, भनेर खोजी हुन्थ्यो । उनीहरुलाई शरदेखि गाउंघरमा सबैले मायां र सद्भाव दिन्थे । गन्र्धवहरुको सारङ्गी बजाएर जीविका निर्वाह गर्ने पुर्खौली पेशा थियो । त्यही पेशा केही वर्ष अघिसम्म हाइहाइ थियो । अहिले प्रविधिको विकाससंगै यो पेशा संकटमा परेको छ ।

नयांनयांप्रविधिको विकासका कारण नयाँ पुस्ताका गन्धर्वमा सारंङ्गीप्रतिको आकर्षण नै घटेको छ । प्रविधिको विकासका कारण आधुनिक गीत संगीतप्रतिको मोह बढेपछि सारङ्गीको धुन नै लोप हुने अवस्था पुगेको छ । घर–दैलो, सडक र सार्वजनिक समारोहमा सारङ्गी बजाई गीत गाएर जीविका चलाउ“दै आएका कपिलवस्तु लक्ष्मणघाटका गन्धर्व समुदायलाई अहिले जीविका चलाउनै मुस्किल पर्न थालेको छ । सारङ्गी बजाएरै जीवन धान्ने उनीहरु अहिले पेसाको विकल्प खोजीमा छन् ।

गन्धर्वका नयाँ पुस्ता आफैले पनि सारङ्गी बजाउने पेसालाई सम्मानित रुपमा नहेर्ने र उनीहरुमा सारङ्गी धुनको ज्ञान अभावले पेसा संकटमा परेको हो । समाजमा आधुनिक तथा पश्चिमा गीत संगीतको प्रभावले पनि यो मौलिक संस्कृतिलाई समस्यामा परेको बताउछन् जानकारहरु ।

कपिलवस्तुका आधा दर्जन स्थानमा गन्धर्व समुदायको बाहुल्यता छ । तर, सारङ्गी बजाएरै जीविका गर्नेको संख्या भने निकै घटेको छ । गन्धर्व समूदाय यसरी नै पेसाबाट विस्थापित हुँदै गए नेपाली समाजको मौलिक संस्कृति सारङ्गी बाजा कुनै दिन एका देशको कथा जस्ते हुन सक्ने सम्भावना छ । कपिलवस्तुका मात्रै नभैइ देशभरका गन्र्धहरुको पुर्खौली पेशा संकटमा पर्दै गएको छ ।