बंगलादेशमा शान्ति, सद्भाव कायम गर्न माग गर्दै बुटवलमा शान्ति समाजको प्रदर्शन


बुटवल, भदौ २ गते । बंगलादेशको हिंसा अन्त्य गरी शान्ति, सद्भाव कायम गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ । हिंसा भड्किदा मानव अधिकार हन्् भएको र लोकतन्त्रसमेत धरापमा परेको भन्दै यथाशक्य छिटो शान्ति सद्भाव कायम गनुपर्र्ने शान्ति समाजको माग छ । बंगलादेशमा हिंसाको अन्त्य र शान्ति सद्भाव कायम राख्न माग गर्दै रुपन्देहीको बुटवलमा मानव अधिकार तथा शान्ति समाज, रुपन्देहीले बुटवलमा प्रदर्शन गरिएको छ ।

मानव अधिकार तथा शान्ति समाज, रुपन्देहीको आयोजनामा आईतबार पुष्पलालपार्कमा बंगलादेशमा भएका मानव अधिकार उलंघनका घटनामा निश्पक्ष छानबिन गरी दोषीमाथि कारवाहीको माग राख्दै प्लेकार्ड प्रदर्शन गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले शान्ति र सद्भाव कायम गर, अल्संख्यक समुदायमाथि अत्याचार बन्द गर, सद्भाव बिथोल्नेलाई दण्डित गर, स्वतन्त्र निष्पक्ष निर्वाचनमार्फत लोकतन्त्रको रक्षा गर् भन्ने नारासहित प्लेकार्ड प्रर्दशन गरिएको थियो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष गोबिन्द खनालले बंगलादेशमा राजनीतिक परिर्वतनपछिको समयमा मानव अधिकार हनन्का घटनाहरु सार्वजनिक घटेको बताउंदै मानव अधिकार हनन् नर्गन आग्रह गरे । प्रधानमन्त्री मोहमद् युनुशबाट अबको जिम्मेवारी पुरा हुने र बंगलादेशमा शान्ति कायम हुने आशा ब्यक्त गरे ।
कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा.कृष्ण खरेलले विश्वभर नै हुने हिंसा रोकिनुपर्ने बताउंदै बंगलादेशको घटनासंगै कलकत्तामा एउटा चिकित्सकमाथि भएको दुखद् घटनाको पनि छानबिन गरी दोषीलाई कारवाहीको माग गरे ।
कार्यक्रममा समाजका केन्द्रिय सदस्य डिपी खनाल, रुपन्देही शाखाका उपसभापति कपिल ज्ञवालीले लोकतन्त्र, मानव अधिकार रक्षाका लागि खवरदारी गर्नुपर्ने बताउंदै कुनै पसनि प्रकारका हिंसाजन्य घटनाको समाजले सदा निन्दा गर्ने बताए ।
मानव अधिकार तथा शान्तिद समाज रुपन्देही शाखाका सभापति कृष्ण भट्टराईको अध्यक्षता र सचिव कृष्णप्रसाद पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको थियो ।
बंगला देश
झन्डै एक महिना लामो सरकारविरुद्धको हिंसात्मक आन्दोलन थेग्न नसकेपछि बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले पद त्याग गर्दै देश छाडेका थिए । प्रधानमन्त्रीविरुद्द आन्दोलनका कारण मानव अधिकार उल्लंघनका घटना, सद्भाव बिथोल्ने जस्ता अराजक खालका घटना पनि भएका थिए ।
बंगलादेशी जनताको साथकै कारण देशमा सबैभन्दा बढी समय शासन गर्ने प्रधानमन्त्रीको छवि बनाएकी हसिना अन्ततः जनताकै अस्वीकृतिका कारण पद त्यागेर अहिले भारतको आश्रयमा बस्दै आएकी छिन् ।
दिनानुदिन बिग्रिदै गएको स्थितीलाई शान्तिमा परिणत गरी लोकतन्त्रको पुर्नबहाली गर्न र बंगलादेशमाा अल्पसंख्यकहरुको सुरक्षा, शान्ति र सद्भाव कायम गर्दै बंगलादेशलाई स्वतन्त्र विरोधी कट्टरपन्थीहरुको क्रिडास्थल नबनाउन नहुने आवाज उठेको छ ।






















