बजारमा गुणस्तरहिन समान भेटिए, सचेत हुन उपभोक्तालाई आग्रह

बुटवल, भदौ ४ गते । बजारमा गुणस्तरहिन खाद्य वस्तु बिक्री वितरण भैरहेको भेटिएको छ । खानेपानीदेखि पानीदेखि दैनियक उपभोग्य वस्तु दाल, तेल र तयारी चाउचाउलगायतका गुणस्तरहिन खाध्य वस्तु भेटिएका छन् । अनुगमनकाक्रममा गुणस्तरहिन खाध्य वस्तु भेटिएका हुन् । साथै रुपन्देही र नवलपरासीका १८ उद्योगविरुद्ध मुद्धा दर्ता गरिएको छ ।

रम्भा फुड प्रोडक्ट्सबाट उत्पिादित सिन्के चाउचाउ न्यूनस्तरको अथवा गुणस्तरहिन पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले बताएको छ ।
कार्यालयले प्रडक्ट्स विरुद्ध जिल्ला अदालत रुपन्देहीमा २०८० मंसिर २७ गते मुद्धा दायर गरेको छ । त्यस्तै रुपन्देहीको ओमसतिया–२ मा रहेको अरुण एग्रो ई. प्रालिले उत्पादन गरेको नौनी खाद्य ऐन र नियम अनुसार ऐन विपरित उत्पादन भएको पाइएको छ ।

परिक्षणकोक्रममा प्रालिबाट उत्पादन भएको नौनी ऐन विपरित भएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालयमा २०८० कार्तिक १ गते मुद्धा दायर गरेको थियो । सालझण्डी दुध उत्पादक सहकारी संस्था, सैनामैना–१० विरुद्ध पनि खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जिल्ला अदालत रुपन्देहीमा मुद्धा दर्ता गरेको छ । संस्थाले उत्पादन गरेको ध्यु मा लेवल नभएको भन्दै जिल्ला अदालत रुपन्देहीमा २०८० साउन १५ गते मुद्धा दर्ता गरेको थियो ।

कार्यालयका निरिक्षण अधिकारी दिपक यादवले मुद्धा दायर भएका अधिकांश उद्योगहरुले अहिले पनि तारिक भोगिरहेको बताए । आर्थिक बर्ष ०८०÷०८१ मा मात्र खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले रुपन्देही र नवलपरासीका विभिन्न उद्योगबाट उत्पादन भएका बस्तु खाद्य ऐन विपरित उत्पादन भएको भन्दै १८ वटा मुद्धा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ । कार्यालय प्रमुख तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलवाईका अनुसार जिल्ला अदालत नवलपरासीमा ३, जिल्ला अदालत रुपन्देहीमा ८, जिल्ला प्रशासन कार्यालय नवलपरासीमा ३ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा गरी १८ वटा मुद्धा दायर गरिएको छ ।

मुद्धा दर्ता गर्दा प्रशोधित पिउने पानी दुषित प्रतिकूल पारामिटर, बेसन, ध्यू, तयारी चाउचाउ, जिराको धुलो, सुर्यमुखी तेल, चिज बल्समा न्यूनगुणस्तर रहेको अभियोग लगाइएको छ । त्यस्तै बेसारमा अखाद्य रंग मिसाइएको भन्दै अभियोग लगाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेका अधिकांश अनुगमन माम मात्राको हुने र चाडपर्व केन्द्रीत हुने गरेको गुनासो जनमानसमा छ । कार्यालयले खाद्य स्वच्छता सर्भिलेन्सका लागि बार्षिक २ सय नमुना संकलन गर्ने लक्ष्य राखेपनि आर्थिक बर्ष ०८०÷०८० मा २२० नमुना संकलन भएको छ ।

होटलहरुमा पनि ५४ पटक अनुगमन भएको र २ पटक होटल लोगो स्तरीकरण तथा नवीकरण कार्याक्रम अन्तर्गत बुटवल र भैरहवा क्षेत्रका २३ वटा होटलमा गरेको कार्यालयले गरेको छ । त्यस्तै कार्यालयले २०१ व्टा उद्योगमा अनुगमन गरेको छ ।
कार्यालयले १ हजार ७७८ वटा विभिन्न बस्तुका नमुना संकलन गरी जाँच परीक्षण गरिएको बताएको छ । कार्यालय प्रमुख हलवाईले बार्षिक लक्ष्य अनुसार नै अनुगमन, निरीक्षणका कामहरु भइरहेको बताए ।

उपभोत्ताहित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जीसीले अनुगमन नियमित भएपनि सवै क्षेत्रमा पुग्न नसकेको बताउंदै सबै क्षेत्रमा अनुगमन गर्नुपर्ने बताए ।
अनुगमनकाक्रममा गुणस्तरहिन खाध्य वस्तुका समानहरु भेटिएपछि खरिद गर्दा सचेत हुन उपभोक्ताई सम्बन्धित निकायले आग्रह गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले नागरिकको स्वासथ्यको ख्यान गरी मापदण्डा तथा कानुनको पालना गरी गुणस्तरीय खाध्यवस्तु विक्रीवितरण गर्न व्यवसायीलाई आग्रह गरेको छ । गुणस्तरहिन समान तथा खाध्यवस्तु विक्री वितरण गर्ने जो सुकै उद्योगी व्यवसायीलाई कारवाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बताएको छ ।