रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती बनिन् उपाध्यक्ष


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । राईले प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।

मतगणनाको अन्तिम परिणाम आइनसकेको भए पनि राईले करिब दोब्बर मतान्तरले अगाडि रहेकी हुन् । राई यस अघि पनि एकीकृत समाजवादीको उपाध्यक्ष नै थिइन् ।






















