मूल्यवृद्धिलाई नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच प्रदान गर्ने गरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरुको बारेमा जानकारी लिँदै नागरिकलाई सहज पहुँच बिस्तार गर्ने गरी परिणाममुखी भई आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायहरुसँग आग्रह गरेका छन् ।

उनले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताए । उनले नागरिकले सहज र सरल रुपमा उपभोग्य वस्तुहरु पाएको महसुस हुने गरी परिणाममुखी काम गर्न निर्देशन दिए । गृहमन्त्री लेखकले बजारमा कृत्रिम अभाव हुन नदिन, मूल्यवृद्धि नियन्त्रण गर्न, खाद्यवस्तु चाडबाडको बेलामा बिक्री हुन नदिन पनि उच्च निगरानी गर्न निर्देशन दिए ।

उनले भने,‘ चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्छ । त्यसका लागि हाम्रो सहयोग कहाँनेर हुनसक्छ ? भन्ने कुरा हो । परिणाममा देखिनुपर्‍यो । भाषणमा देखिएर हुँदैन । परिणाममा देखनिुपर्छ । कृत्रिम अभाव कुनै हालतले पनि हुनु भएन । कुनै ठाउँमा कृत्रिम अभाव भएको छ, बजारमा चिनी छैन, कहाँनेर गोदाममा हजार बोरा चिनी राखिएको भए कुनै बेला सह्य हुँदैन । त्यसका लागि हेर्ने निकाय को हो रु हुनुपर्‍यो । प्रहरी प्रशासनको के सहयोग चाहिन्छ, गृह मन्त्रालय पूराका पूरा सहयोग गर्नेछ । दशैँ तिहार आयो की मूल्यवृद्धि हुनु भएन । मूल्यवृद्धिलाई नजिकबाट सूक्ष्म ढङ्गले हेरेर नियन्त्रण गर्नुपर्छ ।