मेसु विवादित लुम्बिनी प्रादेशिक अस्पतालः नवनिर्मित भवनको शनिबार शिलान्यास गरिने


बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माणका लागि शिलान्यास गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीहरुसमेतको उपस्थित हुने बताईएको छ ।

अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रुपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८५ साल पुसभित्र अस्पतालको भवन निर्माणकाय पूरा गर्नुपर्ने सम्झौता भएको छ ।
भवन निर्माणका लागि जग खन्ने ७० प्रतिशत बढी पाइलिङ (जमिनमा मेशिनले प्वाल पारेर पिल्लर गाड्ने काम) सम्पन्न भइसकेको साइट इन्जिनियर रमेश शर्माले बताए । कूल ७ ुउ ८५ वटा पाइलिङ गर्नुपर्नेमा ४ सय ९० पाइलिङ सम्पन्न भएको उनले बताए । वरिपरीका संरचनामा क्षति हुनबाट रोक्नका लागि १३ मिटर गहिरो पाइलिङ गरेर भवनको जग खन्ने काम गरिएको र हालसम्म ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टा काम भैरहेको इन्जिनियर शर्माले जनाए ।

अस्पतालको नयाँ बन्ने भवनको डीपीआर अनुसार १२ गतले अत्याधुनिक भवनमा बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन् । भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ । क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ । १२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने अस्पताल प्रशासनले बताएको छ ।
पछिललोसमय भौतिक सैरचना र केही व्यवस्थापनमा परिवर्तन भएपनि थप हुनुपर्ने सेवा विस्तार हुन सकेको छैन् । प्रदेशकै गौरवको आयोजनाको रुपमा विकसित हुँदै गएको अस्पताल मेडिकल सुपरिटेन्डेन्ट नियुक्ती प्रक्रियाका कारण विवादित हुँदै आएको छ । राजनीतिक अखडा बनेको लुम्बिनी प्रादेशिक अस्पताल प्रदेश सरकार खेल्ने स्थान बन्न पुगेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् । प्रदेश सरकारको नालायकीपन हो, एउटा स्वास्थ्य क्षेत्रलाई राजनीतिक क्रिडास्थल बनाएका छन् । सयौं नागरिकहरुले सेवा लिने ठाउँलाई राजनीतिकको केन्द्र बनाउन्ुु दुखद हो । मेसु नियुक्ति विवादले मेसु विहिन अस्पताल बन्दा पनि कुनै चासो नहुनु प्रदेश सरकार जनतामैंत्री नभएको जनाकारहरुको भनाई छ ।






















