रुपन्देही जिल्ला खेलकुदमा एकपछि अर्को त्रृटिः विघटन समितिको लेटरप्याड समेत दुरुपयोग

बुटवल। लुम्बिनी प्रदेश सरकार परिवर्तन भएसंगै प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव परिवर्तन गरियो, प्रदेश सरकारले नयाँ सदस्य सचिवमा तिरण गौतमलाई मनोनित गर्यो  । सदस्य सचिव परिवर्तनसँगै १२ वटा जिल्लाको खेलकुद विकास समितिमा नयाँ कार्यसमिति मनोनित नभएका बेला केही जिल्लाका कर्मचारीहरु अधिकारभन्दा बाहिर गएर कानून विपरीत कार्य गर्न सलबलाएको पाइएको छ । नेतृत्वविहीन हुँदा कर्मचारीहरु लाभ लिन अग्रसर भएको खेलप्रेमीहरु बताउँछन् ।

यस्तै प्रकारको कार्य भएको छ, रुपन्देही जिल्ला खेलकुद विकास समितिमा । बुटवलको हाटबजारस्थित रहेको रुपन्देही जिल्ला खेलकुद विकास समितिको जग्गामा निर्माणाधीन व्यावसायिक भवन निर्माणकार्य नियमावली र सार्वजनिक खरिद ऐन विपरीत सिलबन्दीको सूचना नै प्रकाशित नगरी कुनै अमुक कम्पनीलाई गोप्य रुपमा ठेक्का दिएपछि अवैभरुपमा बनाउन थालिएको भन्दै विवाद चुलिएको छ । समितिको मुख्य भवन छोडेर वरिपरि खाल्टो खन्ने, पिलर हाल्ने काम शुरु भएको छ ।

गत जेठ १९ गते लुम्बिनी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद विघटन गरेपछि जिल्लाका समितिहरु पनि स्वतः विघटन भएका थिए । समिति निस्क्रिय भएको बेला जिल्ला खेलकुद विकास समिति रुपन्देहीका कार्यालय सचिव राजेन्द्रप्रसाद श्रेष्ठले एक निर्माण व्यवसायीसँग मिलेर आफू पनि ठेकेदार बनी संयुक्त रुपमा काम गरेको बैंक खाताबाट खुल्न आएको छ ।

संरचना बनाउनका लागि समितिका उपाध्यक्ष जयबहादुर सुनार ९ध्रुव० ले राखेपबाट अनुमति लिइएको तर अनुमति पत्रमा लेखिएको ब्यहोरा पूरा नगरी निर्माण कार्यलाई अगाडि बढाएको देखिन्छ । राखेपले दिएको अनुमति पत्रमा लेखिएको छः इजाजत लिनुपर्ने सम्बन्धित निकायबाट इजाजत लिई कार्यसम्पादन गर्नु गराउनु भन्ने उल्लेख छ ।

१८ कोठे व्यावसायिक भवन निर्माणकार्य गर्न वडा, पालिका, स्थानीय प्रशासन र प्रदेश सरकारबाट अनुमति लिनुपर्ने, राष्ट्रिय दैनिक पत्रिकामा ठेक्का आह्वान गर्नुपर्ने प्रावधानलाई छल्दै गोप्य राखेर निर्माण अगाडि बढाइएको छ । यद्यपि कुनै पनि सरकारी निर्माण योजना गर्दा सार्वजनिक सूचना बोर्ड राख्नुपर्ने नियम छ । त्यो गरिएको छैन ।

क्रिकेटलगायत खेलमा राष्ट्रियस्तरमा समेत चिनिएको रुपन्देही, खेलाडीहरुले खेलका लागि स्तरीय कबर्ड हलको अभाव झेल्दै आएका छन् । करिब १६ कठ्ठा जग्गामा समितिको इन्डोर हल, कार्यालय प्रमुखको कोठा, पदाधिकारी र सदस्य बस्ने कोठा गरी एउटा कार्यालय छ । राखेपको योजनामा निर्माण गरिएको एउटा ट्रष्ट छ । त्यो बाहेक खेल्ने ठाउँ छैन् । करीब दुई दर्जन खेल दर्ता रहेको रुपन्देहीमा अधिकांश खेलका प्रशिक्षक छैनन् । क्रिकेट, तेक्वान्दो, कराँते, टेबलटेनिस खेलबाहेक अन्य खेलका प्रशिक्षक अभाव छ ।

खेल क्षेत्रको विकास गर्न खेल्ने ठाउँको निर्माण गर्नुपर्ने आवश्यक्तामा समितिका कार्यबाहक अध्यक्ष र कार्यालय सचिव अहिले समितिको आयस्रोत नभएको र व्यावसायीक भवन बनाएर बहालमा लगाई आर्थिक स्रोत गराउनलाई व्यावसायिक भवन निर्माणको तयारीमा जुटेको समितिका उपाध्यक्ष जयबहादुर सुनारले बताए ।

उनले भने, ुमेरो यसमा कुनै स्वार्थ छैन, यो अहिलेसम्म कसैले अनुमति ल्याउन नसकेको काम मैले गरेको हुँ । एक रुपैयाँ खाएको भेट्नु भयो भने म जस्तासुकै सजाएँ भोग्न तयार छु । सार्वजनिक खरिद ऐन विपरीत र समिति निष्क्रय भएको बेला काम गर्न कार्यालय सचिव र तपाईले कसरी अख्तियारी पाउनु भयो रु यो त अवैधानिक भएन र ? भन्ने जिज्ञासामा उपाध्यक्ष सुनारले भने, अब मिडिया र पत्रकारले काम नगर भन्नुहुन्छ भने नगराउन त । मैले त आयस्रोत आउला भनेर गर्न थालेको हो ।

राखेपबाट स्वीकृति लिएर काम अघि बढाइएको भनिए पनि थप आवश्यक प्रक्रिया पूरा नगरी काम थालिएकोमा तीव्र विरोध हुुँदै आएको छ । रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रबहादुर थापा क्षेत्री ९हरि० ले उपाध्यक्ष जयबहादुर सुनारलाई कार्यबाहक दिएर बेलायत गएको बेला अध्यक्षलाई कुनै जानकारी नगराएर योजना अगाडि बढाइएको बताइएको छ ।

यस विषयमा अध्यक्ष थापाले आफूलाई यो योजना बारेमा केही जानकारी नभएको बताए । उनले थपे, म केही समयका लागि कार्याबाहक दिएर बाहिर गएको थिए, मलाई कसैले पनि जानकारी गराउनु भएन, कार्यबाहक र कार्यालय सचिव मिलेर सटर बनाउन थाल्नु भएछ । म आउँदा कार्यसमिति विघटन भइसकेको थियो । प्रक्रिया नपुर्याएर निर्माण थालिएको पाइयो, यो जसले शुरु गरेको हो उहाँले नै जवाफ दिनुहोला । मेरो गम्भीर ध्यानाकर्षण भएको छ । हिजो मात्रै जेठ १३ गते कार्यालय सचिव राजेन्द्रप्रसाद श्रेष्ठज्यूले पुरानै लेटरप्याड प्रयोग गरेर कर्णाली प्रदेशमा हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीहरुलाई सूचना प्रकाशित गर्नुभएको रहेछ, यो दुरुपयोग भएको छ । जबकि समिति विघटन भई निष्क्रिय भएको बेला पुराना कागजात प्रयोग गर्नु कानून विपरीत हुन्छ ।

१८ वटा व्यावसायिक भवन निर्माण अघि बढ्दा केही व्यवसायीहरुले भने अग्रिम भाडा तिरेको पाइएको छ । भवन निर्माणको कुनै पत्तो नभएको बेला भाडा भने न्यूनतम ३ लाख रुपैयाँको दरले अग्रिम उठाइएको पाइएको हो । व्यापारीहरुसँग पेश्की बापत लाखौँ रुपैयाँ बैंकमा राखिएको बुझिएको छ । कालीलेक कन्सट्रक्सन प्रालि मध्यपुर ठिमी १ भक्तपुर ठेकेदार कम्पनीले केही सटरवालासँग गरेको सम्झौतापत्र र बैंक भौचर अनुसार खातावालाको नाम इन्द्रबहादुर पुन र राजेन्द्रप्रसाद श्रेष्ठको संयुक्त नाममा खाता देखिएको छ ।

ठेकेदार बनेका श्रेष्ठ खेलकुद विकास समितिका कार्यालय सचिव हुन् । भौतिक निर्माण प्रक्रिया र विघटन भइसकेको समितिको लेटरप्याड प्रयोग गरेको विषयमा जिज्ञासा लिनलाई समितिका कार्यालय सचिव श्रेष्ठलाई पटक पटक फोन सम्पर्क गर्दा फोन उठेन । कालीलेक कन्सट्रक्सन प्रालि मध्यपुर ठिमी १ भक्तपुर कम्पनीका ठेकेदार पुनलाई सम्पर्क गर्दा सफल हुन सकेन ।

बुटवल उपमहानगरपालिकाका पूर्वजनप्रतिनिधि तथा खेलप्रेमी यम बरालले खेलकुदको जग्गा दुरुपयोग भएको भन्दै यसबारे बुझ्न खोज्दा कार्यालय सचिवले संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ बमोजिम सूचनाको हकलाई कुण्ठित गरी सूचना नदिएको गुनासो गरे ।