डा.खड्का परराष्ट्रमन्त्री नियुक्त

 

 

बुटवल/नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्काले आज दिउसो परराष्ट्रमन्त्री पदको सपथ लिदैछन् । उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार खड्का परराष्ट्रमन्त्रीमा नियुक्त गरेको जानकारीसहितको पत्र राष्ट्रपतिसमक्ष पठाइएको हो ।
‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइ सकिएको छ’, प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘दिउँसो १ बजे शपथ गरेसँगै आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने कार्यक्रम छ।’
सत्ता गठबन्धनका नेताहरूको मंगलबार बसेको बैठकमा डाक्टर खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो। थप मन्त्रीको टुंगो लगाउन कांग्रेसले ३ बजे पदाधिकारी बैठक बोलाएको छ।