एमाले, कांग्रेसका कारण कान्ति मावि व्यवस्थापन समितिबिहिन, पढाई प्रभावित

बुटवल, भदौ १९ गते । बुटवलको कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिविहिन हुंदा पढाईप्रभावित भएको छ । राजनीतिक खिचातानीका कारण विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दलहरुबीच सहमती हुन नसकेपछि कान्ति माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समितिविहिन भएको हो ।

२०८० बैशाख २ गते विद्यालय व्यवस्थापन समितिको समय सकिएको थियो । पुरानो विद्यालय व्यवस्थापन समितिको समय सकिएपछि नयां समिति गठन गर्ने बेला एमाले र कांगे्रसले अध्यक्ष पदमा आआफ्नो दलको हुनुपर्ने अडान राखेपछि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन ।

विद्यालय व्यवस्थापन समिति गठनका लागि गत जेठ ६ गते विद्यालयमा भेला आयोजना गरिएको थियो । विद्यालयका प्रध्यानाध्यापक गोविन्द ज्ञवालीका अनुसार भेलाबाट सहमति हुन नसकेपछि जेठ १३ गते दोस्रो भेला आयोजना गरिएपनि सहमति हुन सकेको थिएन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा एमालेले टंकप्रसाद पराजुली र कांगे्रसले जीवन ओझालाई अध्यक्ष बनाउने अडान लिएपछि सहमती नहुंदा विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको हो ।

एमाले र कांगे्रसले अध्यक्षमा दावी गरेपछि नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्ण अर्याल र नागरिक समाजको तर्फबाट नारायण नागिलाले पनि अध्यक्षको दावी गरेपछि अहिले विद्यालय व्यवस्थापन समिति गठन गर्ने विषय झनै पेचिलो बनेको छ ।
विद्यालय व्यवस्थापन समिति नहुंदा पठन– पाठनमा समस्या भएको विद्यालयका प्रध्यानाध्यापक गोविन्द ज्ञवालीले बताउनुभयो । प्रध्यानाध्यापक ज्ञवालीका अनुसार व्यवस्थापन समिति नहुंदा २० जना शिक्षक नियुक्त गर्न सकिएको छैन । जसले गर्दा पठन– पाठनमा ठूलो समस्या छ ।
अहिले ज्यालादारीमा १३ जना शिक्षकहरु राखेर जनतन कक्षा सञ्चालन गरिएको छ । गत चैत्रमा ६ जना शिक्षकका लागि विज्ञापन गरिएपनि अव्यवस्थापन समिति नहुंदा जांच लिन नसकिएको प्रध्यानाध्यापक ज्ञवालीले बताए ।
विद्यालय व्यवस्थापन समिति नहुंदा विद्यालयले विद्यालयका योजनाहरु पेश गर्न सकेन, जसले गर्दा यस वर्ष कान्ति माध्यमिक विद्यालय स्थानीय सरकारबाट पाउने भौतिक योजनाबाट बन्चित भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजनीतिक दलबीच सहमतीका लागि गत जेठ १६ गते ३ सदस्य रहेको समिति गठन गरिएको थियो । वडाध्यक्ष नरिश्वर शर्मा संयोजक, विष्णु ढकाल र टंकप्रसाद पराजुली सदस्य रहेको सहजीकरण समिति गठन गरिएको थियो ।

उक्त समितिले मिलाउन नसकेपछि फेरी वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर पौडेल, वडा नम्बर ३ का वडाध्यक्ष विष्णु ढकाल र वडा नम्बर ४ का पूर्व वडाध्यक्ष टंकप्रसाद पराजुली रहेको सहजीकरण समिति गठन गरिएपनि उक्त सहजीकरण समितिले पनि आआफ्ना दलका स्वार्थका कारण सहमति जुटाउन नसेपछि कान्तिमावि व्यवस्थापन समिति बिहिन हुंदा कान्तिमा विजोग छ ।

व्यवस्थापन समिति गठनमा सहमती नजुटेपछि गत असार २५ गते विद्यालय व्यवस्थापन समिति शिक्षा नियमावली बमोजीम उम्मेदवारलाई सहभागी गराइ लोकतान्त्रिक विधिबाट निर्वाचन अगाडि बढाउन सिफारिस भएको थियो । तर एमाले र कांग्रेसको हानथापले कान्ति माविले विद्यालय व्यवस्थापन सहिति पाउन नसक्दा विद्यार्थीको पढाई प्रभावित भएको हो ।

दलबीच अध्यक्षको पदमा कुरा नमिल्दा विद्यालय व्यवस्थापन समितिका लागि चुनाव गष्र्ने विषयमा पनि सहमती जुट्न सकेको छैन । वडाध्यक्ष नरिश्वर शर्माले सहमतिका लागि दलहरुसंग छलफल भएपनि सहमति जुटाउन नसकिएको बताए । सहजीकरण समितिका सदस्य टंकप्रसाद पराजुलीले अध्यक्षमा दलहरुबीच कुरो नमिलेपनि लोकतान्त्रिक पद्वतिबाट प्रतिनिधि चयन गर्न सकिने बताए  ।

यो विषयमा बुझ्नका लागि बुटवल उपमहानगरपालिकाका प्रशासीय प्रमुख मित्रमणि खनाललाई पटक पटक सम्पर्क गर्न खोजिएपनि मोवाइल स्वीचअफ भएकाले सम्पर्क हुन सकेन ।
बुटवल उपमहानगरपालिकाले पनि प्रभावकारी भूमिका खेल्न नसक्दा कान्ति माविमा विद्यालय व्यवस्थापन समिगि गठन हुन नसक्दा अन्तत् विद्यार्थी पढ्नबाट बन्चित भएका छन् । शिक्षक पुरा नहुंदा ज्यालादारीमा पढाउने शिक्षकबाट राम्रो पढाई नभएको विद्यार्थीले गुनासो गरेका छन् ।

एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले विद्यालय व्यवस्थापन समिति गठनमा एमालेले अबरोध सिर्जना नगरेको र नगर प्रमुख खेलराज पाण्डेयका कारण कान्तिमा विद्यालय व्यवस्थापन समिति गठन हुन नसेको प्रतिक्रिया दिए ।

कांगे्रस बुटवलका नगर सचिव छायां पोखरेलले शैक्षिक क्षेत्रमा राजनीतिक भागबण्डाको अन्त्य हुनुपर्ने र त्यसका लागि नगर सचिवको हैसियतले कान्ति माविको विद्यालय व्यवस्थापन समिति गठनका लागि पहल गर्ने र कांगे्रस बाधक नबन्ने प्रतिक्रिया दिए ।