सक्रियतासँगै निखारिदै लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ

बुटवल । युवाहरुको जमात रहेको लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ समाजका हरेक गतिविधिसँगै मानवीय र सामाजिक कार्यमा सक्रियताका साथ अगाडि बढ्दै गएको छ । विभिन्न संघसंस्थाहरुमा कार्यरत रहेका युवायुवतीहरुले समाजलाई अब्बल बनाउन लागि पर्दै आएका छन् । क्लबद्धारा समाज सेवामा तल्लिन उनिहरुले आफुले कमाएको प्रतिफलबाट केही रकम खर्च कटाएर सेवाभावमा खर्चिदै आएका छन् । नयाँ र फरक शैलीमा आफ्ना कार्यक्रमहरु गर्दै आएको सो क्लबले बुधवार बुटवलको उजेलापुरमा उस्तै प्रकारको कार्यक्रम गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा न १५ उजेलापुरमा बस्दै आएका दृष्टिविहिनहरुसँग दर खाने कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु धर्मालम्बी महिलाहरुको महान् चार्ड हरितालिका तीज नजिकिदै गरेको र सोही दिनको पूर्वसन्ध्यामा क्लबी सदस्य लियो शिला खत्रीको जन्मदिनको अवसरमा असाहायहरुलाई चार्डपर्वको अनुभूति गराउन र मिठो भोजन खुवाएर मनाएको छ ।

चार्टर प्रेसिडेन्ट सन्तोष खरेलको प्रमुख आतिथ्यता, लुम्बिनी दृष्टिविहीन अपाङ्ग अनाथ आश्रमका लिलाराम रोका मगरको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा क्लवका संस्थापक उपाध्यक्ष भरत जंग क्षेत्री क्लवका पूर्वअध्यक्ष अमृत वस्याल लगायत बोल्दै जन्मदिनमा असाहाय एवं दृष्टिविहिनहरु सँग मनाउनु ठूलो पुण्यको काम भएको बताएका थिए । उनिहरुले सबैले यसैगरी मनाउने हो भने, असक्तहरुको दैनिकीमा राहत हुने विश्वास व्यक्त गरेका थिए ।

क्लबले यसअघि पनि कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा न ४ को संयुक्त आयोजनामा गत शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर गरेको थियो । श्री भृकुटी माध्यमिक विद्यालयमा सम्पन्न शिविरमा ४ सय बढी स्थानीयको स्वास्थ्य परीक्षण गरिएको क्लबका अध्यक्ष रबिन सुनारले बताए । उनले भने, रिलायबल डायोगोनेस्टिक र हाम्रो स्वास्थ क्लिनिक बुटवलको सहयोगमा हामीले शिविर गरेका हौं ।