लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको तेस्रो बोर्ड बैठक सम्पन्न


बुटवल । क्लबको चार्टर नाइटलाई आगामी असोज १४ गते गर्ने र कार्यक्रममा पारिवारिक सहित सभ्य भव्य रुपमा मनाउने गरी लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको तेस्रो बोर्ड तथा जनरल बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष लायन बिमल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयमा माथि छलफल गरी निर्णय गरेको हो ।

बैठकले चार्टर नाइटकै दिन क्लबले प्रकाशन गर्न थालेको डाइरेक्टरी पनि सोही दिन विमोचन गरिने गरी तयारी गर्नुपर्ने समेत छलफल भएको क्लबका सचिव लायन अनिल शाहले जानकारी दिएका छन् ।
यस्तै बैठकले गुल्मीको रिमुवामा रहेको एउटा विद्यालयमा छात्रवृत्ति प्रदान कार्यक्रमको मिति तय गर्न कार्यक्रम संयोजक लायन भूपेन्द्रबहादुर थापा क्षेत्री (हरि)लाई जिम्मेवारी दिइएको र संयोजकले मिति तय गरेपछि कार्यक्रम गरिने निर्णय भएको जनाइएको छ । क्लबमा नयाँ थपिएका सदस्यहरुलाई स्वागत गर्दै पिन समेत ग्रहण गरिएको थियो।























