लुम्बिनीका बन मन्त्रीको राजीनामा स्वीकृत


बुटवल, भदौ २६ गते । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीले पदबाट दिएको राजीनामा सवीकृत भएको छ । मंगलबार मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएकोमा आज बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री कुर्मीको राजन्ीनामा स्वीकृत गरेका हुन् ।
बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (२) बाट विजयी बादशाह कुर्मी साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए । मन्त्रीमा नियुक्त भएदेखिनै यादवको मानव अििधकारकर्मीहरुले बरिोध गर्दै आएका थिए । आफू माथि लागेको आरोपको छानवीन लागि मार्ग प्रसस्त गर्न मन्त्री पदबाट राजीनामा दिएको उनले बताएका छन् ।

महिला अधिकारकर्मी रुवि खान लगायतले कुर्मीको हत्या प्रकरणमा बादशाहमाथि कारबाहीको माग गर्दै राजधानी केन्द्रीत प्रदर्शन गर्दै आएका छन । नेपालगन्ज उपमहानगरपालिका– १७ परसपुरकी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको उनलाई आरोप छ ।























