लुम्बिनी प्रदेश सभाः ३१ औं बैठक बस्दै, कार्यसूचीमा के छ ?


बुटवल । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको ३१ बैठक शुक्रवार (आज) बस्दैछ । विहान ११ बजे बस्ने प्रदेश सभा बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश सभा सदस्यहरुले समसामायिक बिषयमा बोल्ने, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने, यस्तै मुख्यमन्त्री आचार्यले ‘प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश भई निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

अघिल्लो प्रदेश मन्त्रिपरिषद बैठकले निजामी सेवा ऐन २०८० लाई संशोधन प्रस्ताव स्वीकृत गरेको थियो ।






















