लुम्बिनी प्रदेश व्यापार संघ गठन, अध्यक्षमा मोतीराज ज्ञवाली

बुटवल, भदौ २८ गते । लुम्बिनी प्रदेश स्तरीय लुम्बिनी प्रदेश व्यापार संघ गठन गरिएको छ । व्यवसायीको बुटवलमा सम्पन्न भेलाले प्रदेशस्तरीय लुम्बिनी प्रदेश व्यापार संघ गठन गरेको हो उद्योग र व्यापार अलगअलग प्रकृतिका विषय भएको र राज्यका नीतिहरु पनि सोही अनुरुप हुनुपर्ने धारणा अघि सार्दै व्यापारिहरुको छाता संगठनका रुपमा राष्ट्रिय सञ्जालको लागि प्रदेशस्तरयी नेटवर्क बनाउने घोषणा गरिएको छ ।

रुपन्देही व्यापार संघको पहलमा आयोजना गरिएको प्रदेश स्तरीय संघसंस्था परिचायत्मक, अन्तरक्रिया एवं भेलाले सो संघ गठन गरेको हो । भेलाले रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ ।

गठित गरिएको समितिको वरिष्ठ उपाध्यक्षमा दिपकप्रसाद अधिकारी, उपाध्यक्षमा दुर्गा पाण्डे र नेत्रप्रसाद भुसाल, महासचिवमा जिवनाथ पाण्डे, कोषाध्यक्षमा प्रकाशराज पौडेल, सचिवमा थानेश्वर गैरे रहेका छन् ।

यसैगरी सदस्यहरुमा शंकर भट्टराई, श्रीकृष्ण पोखरेल, मोतीलाल पाण्डे, पदम श्रेष्ठ, यमला लोहनी, कृष्णप्रसाद घिमिरे, माधव नेपाल, जोगलाल विश्वकर्मा, मनिमदिन मियाँ, पुष्पा पौडेल, हरिप्रसार पोखरेल, होमराज बस्याल रहेका छन् भने अन्य सदस्य जिल्ला तथा नगर संघहरुको सिफारिसमा पछि थप गर्ने निर्णय भएको बताईएको छ ।

उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले व्यवसायीहरुको हकहित र संरक्षणका लागी व्यवसायीहरुको एकतामा जोड दिदै व्यापार संघको प्रदेशस्तरीय सञ्जाल निमार्णमा जोड दिएको बताएका थिए । राजनीतिक संरचना अनुसार व्यवसायी तथा पेशागत संघसंस्थाहरुको पनि संरचनाको विकास गरिएमा त्यसले आर्थिक गतिविधि बढाउन र व्यवसायीक समस्याहरुको पहिचान तथा समाधानमा बल मिल्ने धारणा व्यक्त गरिएको थियो ।

कार्यक्रममा रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, संघका पूर्व अध्यक्ष मोतिलाल पाण्डे, पदमप्रसाद श्रेष्ठ, यमलाल लोहनी, गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गा पाण्डे देवदह व्यापार संघका अध्यक्ष कोशबहादुर गुरुङ्ग, अर्घाखाँची व्यापार संघका अध्यक्ष योगेन्द्रबहादुर खड्का, सैनामैना व्यापार संघका वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदी, सैनामैना व्यापार संघका पूर्व अध्यक्ष दुर्गा गौतम, मणीमुकुन्द उद्यान परिषदका अध्यक्ष माधव नेपाल लगायतले धारणा राखेका थिए ।