लुम्बिनी मुख्यमन्त्री आचार्यले भने, कृषि फर्म खोलेर आत्मनिर्भर बन्नुस्


कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार उन्मुलन गर्न अघि बढाएको अभियानलाई जनता माझ पुर्याउन पार्टी पंक्तिलाइ निर्देशन दिएका छन् ।

नेकपा एमाले बिजयनगर गाउँपालिका कमिटी कपिलवस्तुको दोस्रो गाउँ कमिटी अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्न सुशासन कायम गर्न र भ्रष्टाचार निर्मुल गर्न कठोर भएर अघि बढ्नुपर्ने बताएका हुन् । प्रदेश सरकारले सुशासनलाई महत्व दिने कुरामा दृढ रहेको बताए ।
योजना कार्यान्वयनको नाममा हुने आर्थिक अपचलनका बिरुद्ध प्रदेश सरकार निर्मम ढंगले अघि बढेको बताउँदै पाँच लाख भन्दा माथिका योजनालार्इ प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्नेगरी सरकार अघि बढेको स्पष्ट पारे ।

हरेक नागरिक आत्मनिर्भर नहुँदासम्म मुलुक बन्न नसक्ने भन्दै व्यवसायमा जोडिन आह्वान गरे । कृषि गर्ने पेशा कमजोर हो भन्ने चिन्तनले अहिले समस्या निम्त्यायो । छोरा छोरीलाइ घाँस काट्ने, मल फाल्ने, गाई, भैंसी पाल्ने कुरा कथा जस्तो बन्यो । पुर्खाहरुले गरेका कामलाई निरन्तरता दिनेगरी हरेक क्षेत्रलाई प्रविधि संग जोडेर युवाहरुलार्इ स्वरोजगार बनाउन आफ्नो ध्यान केन्द्रित भएको उल्लेख गरे । पार्टी अध्यक्ष थर्कबहादुर खन्गाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य गिरीधारीला न्यौपानेले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउने अभियानमा जुट्न पार्टी पंक्तिलाई आह्वान गरेका थिए।






















