पहिरो र नदीकटान पीडितको उद्वारलाई प्राथमिता – मुख्यमन्त्री केसी

नेपाली कांग्रेसले बुटवलले बुझायो मुख्यमन्त्रीलाई ज्ञापन पत्र

बुटवल, असोज १२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुटवल ज्योतीनगर क्षेत्रमा गएको चुरेको पहिरोका पींडित र तीनाउ नदी कटानका पीडितहरुको उद्वार र राहतका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । पहिरो र नदी कटानबाट पीडितहरुको उद्वार, राहत र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा ३ चरणमा छलफल भैसकेको बताए ।
पीडित परिवारहरुको उचित व्यवस्थापनका लागि प्रदेश सरकारले स्थानीय र संघीय सरकारसंग सहकार्य गरेर छिटो भन्दा छिटो उचित व्यवस्थापन मिलाउने मुख्यमन्त्री कुलप्रसाद केसीले प्रतिवद्वता जनाएका छन् ।
बुटवलको ज्योतीनगर क्षेत्रमा झरेको चुरे पहडाको पहिरो र तीनाउ नदी कटानका कारण प्रभावित परिवारको तत्काल उचित व्यवस्थापनको माग गर्दै नेपाली कांगे्रसले बुटवलले बुटवल बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री केसीले पींडित परिवारप्रति प्रदेश सरकार लागि परेको प्रतिवद्वता जनाएका हुन् ।
मुख्यमन्त्री कुलप्रसाद केसीले पहिरो र नदी कटानका पीडितहरुको तथ्याकं संकलनका लागि जिल्ला प्रशासन कार्यालयलाई निदेर्शन गरिएको र जिल्ला प्रशासन कार्यालयले तथ्याकं बुझाएपछि वयवस्थापन गरिने मुख्यमन्त्री केसीले आश्वासन दिएका छन् । पींडित परिवारहरुको तथ्यांक आएपछि राहतसहितका प्याकेज ल्याउने र व्यवस्थापन गरिने मुख्यमन्त्री केसीले प्रतिवद्वता जनाएका छन् ।
जनताको ज्यूज्यान र जनधनको सुरक्षाका लागि सरकार गम्भीर रहेको र जति सक्दो छिटो पीडितको व्यवस्थापन गरिने उनले बताए । नेपाली कांग्रेसले बुटवलले ज्योतीनगर, लक्ष्मीनगर क्षेत्रमा गएको पहिरोबाट प्रभावितलाई राहत प्याकेज ल्याउन तथा अल्पकालिन र दीर्घकालिन व्यबस्थापनको माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई मंगलबार ज्ञापन पत्र बुझाएको हो ।
कांगे्रस बुटवल नगर सभापति खेलराज पाण्डेले बुटवलको पहिरोबाट प्रभावितहरुप्रति र तीनाउ, दानव नदीको कटानको क्षतीबारे गम्भीर बन्न मुख्यमनत्री केसीलाई आग्रह गरेका छन् । बुटवलको ज्योतीनगर क्षेत्रमा झरेको पहिरो रोकथामका लागि तत्काल विज्ञहरुसंग सल्लाहा गरी उचित व्यवस्थापन गर्न नगरसभापति पाण्डेले प्रदेश सरकारसंग माग गरेका छन् ।
बुटवलको राजमार्ग चौहारादेखि गोलपार्क सम्मको सडक मर्मत, वेलवास – वेथरी सडक छिटो सम्पन्न गर्न र आउंदै गरका दशैं, तिहार लगायतका चाडपर्वको समयमा हुने कालोबजारी तथा मुल्यवृद्वि रोक्नसमेत नेपाली कांगे्रस बुटवल नगरसमितिले ज्ञापन पत्र मार्फत मुख्यमनत्रीलाई आग्रह गरेको छ ।
गत भदौ १३ गते चुरे पहाडबाट झरेको पहिरोले बुटवल ज्यातीनगर क्षेत्रका दर्जन बढी घरपरिवार विस्थापित भएका छन् । यस्तै तीनाउ नदीको कटानका कारण केही घरपरिवार विस्थापित भएका छन् ।
कांगे्रस बुटवल नगरसभापति खेलराज पाण्डेकोे नेतृत्मा उपाध्यक्ष ज्योती भण्डारी, सचिव छायां पोखरेल र गंगा पन्थी लगायतका स्थानीय नेतहरुले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।