कृषि सरह ब्याजदरमा कर्जा दिन पेट्रोलियम व्यवसायीको सरकारसंग माग

    बुटवल, भदौ ३० गते । कृषि सरह ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउन रुपन्देहीका पेट्रोलियम व्यवसायीले सरकारसंग माग गरेका छन् । पेट्रोलियम व्यवसाय अत्यावश्यक र सेवामुखी भएको र सरकारले तोकेको मुल्यमा विक्री वितरण गर्नुपर्ने भएकाले पेट्रोलियम व्यवसायलाई कृषि सरह व्याजदरमा कर्जा दिनुपर्ने पेट्रोलियम व्यवसायीको माग छ ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन रुपन्देहीको १९ औं वार्षिक साधारण सभामा बोल्ने पेट्रोलियम व्यवसायीले सेवामुखी व्यवसायप्रति तिनै तहका सरकारहरु गम्भीर नभएको बताए । पम्प भएका ठाउंमा प्रवेश र निकासको व्यवस्था मिलाउन पेट्रोलियम व्यवसायीले सडक विभागसंग माग गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जेष्ठ व्यवसायी पृथ्वीराज भुसालले सम्पती कमाउने नाममा सेवामुखी व्यवसायलाई बदनाम गराउन नहुने बताउंदै उनले भने – व्यवसायीका समस्याप्रति पेट्रोलियम डिलर्स एशोसिएशन जबाफदेही र जिम्मेवार हुनुपर्छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन लुम्बिनी प्रदेश संयोजक पे्रम न्यौपानेले व्यवसायीको संरक्षण, सम्बद्र्वन र हकहितका लागि प्रयास भैरहेको बताए ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन रुपन्देहीका अध्यक्ष हिमाल गैरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायीका समस्या समाधानका लागि राज्य पक्षसंग पहल गरिरहेको बताए । व्यवसायिक मर्यादालाई कायम राख्न सबै व्यवसायी जिम्मेवार बन्न आग्रह गर्दै उनले भने – सहज आपूर्ति तथा वितरणका लागि नेपाल आयल निमगसंग समन्वय र सहकार्य र्भैरहेको छ । म व्यवसायी को हितको पक्षमा छु । तपाइहरुका सुझाव सल्लाहा दिनुस म त्यही अनुसार काम गर्छु अध्यक्ष हिमा गैले बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शंकर श्रेष्ठ, तिलोत्तमा उद्योग वाणिज्य संघका निःवर्तमान अध्यक्ष गुणनिधी भण्डारी, ट्याङकर व्यवसायी संघ रुपन्देही अध्यक्ष राकेशकुमार कसौधन, पे्रस सल्लाहकार खिमानन्द भट्टराई लगायतले बोल्दै गुणस्तरीय पेट्रोलियम पदार्थ उपलब्ध गराउन सुझाव दिएका छन् ।

अध्यक्ष हिमाल गैरेको अध्यक्षता, महासचिव हरिराम कसौधनको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन पास गरिएको थियो ।
वार्षिक साधारण सभाको अवसरमा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने व्यवसायीका छोराछोरी र एमविविएस अध्ययनरत दुई जनालाई सम्मान गरिएको थियो ।

साथै असल तथा इमान्दार व्यवासायीलाई पनि सम्मान गरिएको थियो ।