सिद्धबाबा सुरूङमार्ग आधा बन्यो

बुटवल, असोज २ गते । तीन वटा बाइपास रहेको सिद्धबाबा सुरूङमार्ग ५४५ भन्दा बढी मिटर अर्थात आधा खनिएको छ । बुटवल पाल्पाको सडक खण्डमा पर्ने सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग कुल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५.५७ मिटर सुरुङ बनेको छ । आयोजनाको कुल भौतिक प्रगति २२.८५ प्रतिशत रहँदा वित्तीय प्रगति २६.४ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

उत्तरतर्फबाट २३७.८० र दक्षिणतर्फबाट ३०७.७७ मिटर खनिएको सिद्धबाबा सुरूङमार्ग आयोजनाले जनाएको छ । तीन वटा बाइपास रहेको सुरूङमार्ग पहिलो बाइपास १३७, दोस्रो ११७ र तेस्रो १२३ मिटर खनिएको आयोजनाले बताएको छ । आयोजनामा गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको अहिले विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा काम गरिएको इन्जिनियर सविता ज्ञवालीले जानकारी गराइन ।
इन्जिनियर सविता ज्ञवालीका अनुसार तीन वटा बाइपास मध्ये एउटा छेडिएको छ, र बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बन्नेछ ।

सुरुङ मार्ग बनाउने आयोजनाको २०७८ साल फागुनमा सीएससीईसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । यने आयोजना अहिले चााडोभन्दा चाडो सम्पन्न गर्नका लागि सरकारले ताकेता गरेको छ । नागरिक समाजको तर्फबाट पनि चाडै सम्पन्न गर्नका लागि दावाव छ ।