बुटवलमा मगर साहित्य महोत्सव हुने

बुटवल, मंसिर १६ गते । नेपाल मगर महिला संघ रुपन्देहीले बुटवलमा मगर साहित्य महोत्सव आयोजना गरेको छ । यही मंसिर २१ र २२ गते बुटवलको जीतगढी किल्लामा प्रथम मगर साहित्य महोत्सव आयोजना गरिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।

महोत्सवमा भारत, युके लगायतका देशबाट प्रतिनिधित्व हुनुका साथै देशका विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने मिडिया संयोजक तथा पत्रकार यम रानाले जानकारी गराएका छन् ।
दुई दिनसम्म चल्ने उक्त मगर साहित्य महोत्सवमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट ईतिहांस, म्कला, साहित्य, दर्शन, धर्म र पहिचानलगायतका महत्वपूर्ण विषयमा छलफल गरिने छ । नेपालमा नै यो पहिलो महोत्सव भएकाले विशेष महत्वका साथ मगर साहित्यबारे चर्चा तथा छलफल गरिने आयोजकहरुले बताएका छन् ।

महोत्सवमा मगर समूदायमा प्रचलनमा रहेका सामाग्ीहरुको चित्रकला प्रदर्शन गरिने नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापा मगरले बताइन । नेपाल र नेपाल बाहिर बसेर लेखिएका मगर लेखकहरुका पुस्तक, लेख, सम्पादन गरेका पत्रपत्रिका, म्याग्जिन र अन्य सामाग्रीहरु स्टलमा राखिने बताईएको छ ।
महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले मगर भाषाको मातृभाषामा कविता प्रतियोगिता आयोजना गरिने महोत्व मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी गराए ।

प्रतियोगिामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र सान्त्वना हुने दुई जनलाई २ हजार पुरस्कारसहित प्रमाण पत्र दिइने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।