राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची यस्तो छ


काठमाडौँ । आजबाट संसदको हिउँदे अधिवेशन शुरु हुँदैछ । जसअनुसार राष्ट्रिय सभातर्फको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

जसअनुसार राष्ट्रिय सभा अध्यक्षले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने छन् भने राष्ट्रपति कार्यालयबाट र मन्त्रिपरिषद् कार्यालयबाट मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी दिनेछन् ।
बैठकमा विधायन ब्यवस्थापन समितिकी सभापति तुलसीकुमारी दाहालले मिडिया काउन्सिल विधेयक २०८० सम्बन्धी र नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने छिन् ।

साथै सुशासन प्रबर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नेछन् भने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संसोधन) अध्यादेश, आर्थिक तथा ब्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश भने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गर्नेछन् ।
भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
साथै बैठकमा पूर्वसभामुख दमननाथ ढुंगाना, संविधानसभा सदस्य रामजीप्रसाद शर्मा, अब्दुल हमिद सिद्धिकी, पूर्व मन्त्री पिएल सिंहको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ ।






















