वनबाटिकाको अध्यक्षमा पाण्डे भारी मतले विजयी

बुटवल । तिलोत्तमा नगरपालिका वडा न.१ र २ मा रहेको शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाको चौथो अधिवेशनमा भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार खिमलाल पाण्डे भारी मतले विजयी भएका छन् । आज (शुक्रवार) बेलुका ८ बजेदेखि दिउँसो पौने २ बजेसम्म भएको मतदान भएको थियो ।

अध्यक्षमा स्वतन्त्र उम्मेदवार खिमलाल पाण्डे र एमाले, काँग्रेस गठबन्धनबाट इन्जिनियर किरण खरेलको प्रतिष्पर्धात्मक चुनावी सरगर्मी चलेको थियो । वनबाटिकाको स्थापनाकालदेखि नै योगदान दिदै आएका पाण्डे र इन्जिनियर क्षेत्रबाट एमालेका कार्यकर्तासमेत रहेका खरेलबिच कडा चुनावी टकराब चलेपनि स्वतन्त्रबाट पाण्डेले सत्ता गठबन्धनको वलियो संगठनलाई उछन्नै अध्यक्ष पदमा लोकप्रिय मतले विजयी भएका छन् ।
बाटिकाको आजीवन र साधारण सदस्य गरी कुल सात सय ७५ जनामध्ये छ सय ६१ जनाले मतदान गरेका थिए भने, एक सय १४ जनाले भोट हाल्न आएका थिएनन् ।
यसले संघसंस्थामा देखिएको दलहरुको हाबीलाई नागरिकस्तरबाट अस्विकार र वितृष्णा देखाएको स्पष्ट देखिन्छ ।